default_image

1 year ago

June 9, 2023

नेपालसँगै रहेको वेस्टइन्डिजले विश्वकप च्याम्पियन ब्याटरलाई टोलीमा बोलायो

141 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजलाई दुई पटक टि२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका विकेटकिपर जोनसन चार्ल्सलाई विश्वकप छनोटको लागि टोलीमा बोलाएको छ । दुई सातापछि जिम्बावेमा हुने विश्वकप छनोटको लागि वेस्टइन्डिजले घाइते गुडाकेश मोतीको स्थानमा उनलाई टोलीमा बोलाएको हो ।

३४ वर्षीय अनुभवी ओपनर तथा विकेटकिपर चार्ल्सको उत्कृष्ट प्रदर्शनमा वेस्टइन्डिजले २०१६ र २०१२ का टि२० विश्वकप उपाधि जितेको थियो । उनले ५० ओडिआई खेलमा २ शतक र ५ अर्धशतकसहित १ हजार ३ सय ७० रन बनाएका छन् । ४१ टि२० आई खेलमा उनले १ शतक र ४ अर्धशतकसहित ९ सय ७१ रन बनाएका छन् ।

उनी पछिल्लो समय राम्रो लयमा छन् । गत मार्चमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा सेन्चुरीयनमा चाल्र्सले ४६ बलमा १० चौका र ११ छक्कासहित १ सय १८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उनले उक्त खेलमा ३९ बलमै शतक हानेका थिए । तर दक्षिण अफ्रिकाले क्विन्टन डि कको १ सय रनको शतकीय इनिङमा २ सय ५९ रनको लक्ष्य १८.५ ओभरमा पूरा गरेको थियो ।

२०१२ को टि२० विश्वकपमा इंग्ल्यान्डलाई हराउन उनले ८४ रन बनाएका थिए । २०१६ को टि२० विश्वकपको सेमिफाइनलमा भारतलई हराउन उनले महत्वपूर्ण ५२ रन जोडेका थिए । उनी आक्रामक ब्याटिङका लागि चर्चित वेस्टइन्डिजका ब्याटर हुन् ।

वेस्टइन्डिजसँग विश्वकप छनोटमा तीन विष्फोटक ओपनर छन् । कायल मेयर्स, बेन्डन किंग र चाल्र्स विश्वकप छनोटमा टोलीमा हुनेछन् । मेयर्सलाई किंग र चाल्र्समध्य एकले साथ दिनेछन् । कप्तान शाई होप, रोभम्यान पावेल र निकोलस पुरन मध्यक्रमका प्रमुख ब्याटर हुन् । पुरनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

जेसन होल्डर, रोमारियो शेफर्ड र रोस्टन चेशले तल्लोक्रम सम्हाल्नेछन् । अल्जारी जोशेफ टोलीका प्रमुख तीव्र गतिका बलर हुन् । विश्वकप छनोट १८ जुन देखी ९ जुलाई सम्म जिम्बावेमा हुनेछ ।

वेस्टइन्डिज, नेपाल, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । वेस्टइन्डिजले पहिलो खेल १८ जुनमा अमेरिका, २२ जुनमा नेपाल, २४ जुनमा जिम्बावे र २६ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । श्रीलंका र वेस्टइन्डिज विश्वकप खेल्न सक्ने प्रमुख दाबेदार टोली हुन् ।

वेस्टइन्डिजको टोली :

शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, बे्रन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरुन र रोमारियो शेफर्ड ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.