default_image

2 years ago

June 10, 2023

नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ।

जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो । नेपाल, ओमान, नेदरल्यान्ड्स र स्कटल्यान्डले दक्षिण अफ्रिकामा आफ्नो अन्तिम तयारी गरेका छन् । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । यो अभ्यास खेल हुँदा नेपाललाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछ ।

नेपाल आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा पुगेको हो । नेदरल्यान्ड्स १२ टेस्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्न लागेको हो । नेदरल्यान्ड्स वर्तमान समयको एसोसिएटको एक उत्कृष्ट टोली हो । इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीको कारण विश्वकप छनोटमा नेदरल्यान्ड्सका केहि प्रमुख खेलाडी छैनन् । त्यसैले उसको लागि टोलीको स्तर परिक्षण गर्ने राम्रो अवसर हो ।

नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन र फर्द क्लासेन लगायतका खेलाडीले गुमाउने भएका छन् । गतवर्ष टि२० विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराउँदा प्लेयर अफ द म्याच चुनिएका एकरम्यान र प्रमुख ब्याटर टम कुपर टोलीमा नहुँदा ठूलो असर परेको छ ।

नेदरल्यान्ड्सको पहिलो रोजाईको तीव्र गतिको बलिङ आक्रामण विश्वकप छनोटमा हुनेछैन । तीव्र गतिका बलरमा पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे टोलीमा छैनन् । त्यस्तै गतवर्ष टि२० विश्वकपमा सानदार प्रदर्शन गर्ने स्पिनर टिम प्रिन्गल पनि टोलीमा छैनन् ।

विश्वकप छनोटको घोषणा टोलीमा रहेका बास डि लिडे पनि आजको खेलमा उपलब्ध हुनेछैनन् । स्टार अलराउन्डर लिडे विश्वकप छनोटका लागि सिधैं टोलीमा जोडिनेछन् ।

स्कट एडवार्ड्स, म्याक्स ओडाउड, विक्रमजित र तेजा निदामानुरु नेदरल्यान्ड्सका प्रमुख ब्याटर हुन् । भारतीय मुलका तेजा र विक्रम नेपाललाई घातक बन्नसक्छन् । यी दुई ब्याटर उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् । अष्ट्रेलियामा घरेलु क्रिकेट खेलेर हुर्किएका क्रोस नेपाली टोलीलाई सरप्राइज दिनसक्छन् । उनी पहिलो पटक नेदरल्यान्ड्सबाट खेल्दैछन् ।

उता नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएपछि उक्त गल्ती नेदरल्यान्ड्सविरुद्ध दोहोराउन चाहदैन । तीव्र गतिका बलर सहयोगी पिचमा नेपाली ब्याटरले जिम्मेवारी लिनुपर्ने हुन्छ । अभ्यास खेल हुँदा नेपालले टोलीमा रहेका कुनैपनि ब्याटर र बलरलाई खेलाउन सक्छ । पहिलो खेलमा मैदान नउतारेका सन्दीप लामिछाने र अर्जुन साउदलाई आज नेपालले मौका दिनसक्छ ।

स्कटल्यान्डविरुद्ध नेपालबाट कुशल मल्लले सर्वाधिक ३७ रन बनाएका थिए । कुशल भुर्तेल र आसिफ शेख मध्य एकलाई विश्राम दिन सक्छ । भीम सार्की, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरीलाई आजको खेलमा पनि मौका दिन सक्ने सम्भावना छ । नेपालले करण केसी र सोमपाल दुवैलाई विश्राम दिँदै प्रतिश जि.सी र किशोर महतोलाई मौका दिनसक्छ । नेपालले खेलको अवस्था हेरि ब्याटर र बलर मैदान खेलाउन सक्नेछ ।

नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।

February 16, 2025

आइपिएलको खेल तालिका सार्वजनिक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]

February 16, 2025

लिग टु – नामिबिया फेरि पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]

February 15, 2025

क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला

काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]

Success

Thank you for your time.