2 years ago
June 10, 2023
एजेन्सी – युवा ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो ओडिआई खेलमा युएईलाई ४ विकेटले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज वेस्टइन्डिजले क्लिनस्वीप गरेको हो ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।वेस्टइन्डिजको जितमा डेब्यू खेल खेलेका २४ वर्षीय एलिक एथानाजेले ४५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।
उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले ओडिआई क्रिकेटमा डेब्यू खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबर गरेका छन् । उनले भारतीय अलरान्डर क्रुनाल पान्ड्यासँग उक्त कीर्तिमान बराबर गरेका हुन् । शमाह्र ब्रुस ३९, केसी कार्टी २० र कप्तान रोस्टन चेशले २७ रन बनाए । युएईका आयन खान, मोहम्मद जवादुल्लाह र कार्तिक मयाप्पनले समान दुई विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ३६.१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । युएईका वृत्य अरविन्दले ७५ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा आउट भए ।
कप्तान मोहम्मद वासिम ३४ बलमा ५ चौका र २ छक्कासहिति ४२ रनमा आउट भए । एक समय युएई १४२–२ को बलियो अवस्थामा थियो । तर रमिज शाहजाद २७ रनमा केविन सिन्क्लेयरको बलमा कट एन्ड बोल्ड आउट भएपछि लगातार विकेट गुमाएको थियो ।
डेब्यू खेल खेलेका इथान डि सोल्झा ६ र रोहन मुस्ताफा ५ रनमा एलबीडब्लू आउट भए । अली नासिर १३ र आयन खान २ रनमा आउट भए ।
वेस्टइन्डिजका केविन सिन्क्लेयरले ७.१ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यानिक कारियहले दुई विकेट लिए । वेस्टइन्डिज पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ७८ रनलो विजयी भएको थियो । एक सातापछि जिम्बावेमा हुने विश्वकप छनोट अघि युएईले वेस्टइन्डिजसँग तीन खेलको सिरिज खेलेको हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]