default_image

1 year ago

June 10, 2023

नेपालले टस हार्यो

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपालले जवाफी केहि समयमा ब्याटिङ गर्न मैदान उत्रर्नेछ । यो अभ्यास खेल हुँदा प्लेइङ ११ भन्ने हुँदैन । नेपालले आफ्नो १६ जना खेलाडी मध्य कुनैलाई पनि टिमको आवश्यकता अनुसार ब्याटिङ र बलिङ गराउन सक्छ ।

एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ।

जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो । नेपाल, ओमान, नेदरल्यान्ड्स र स्कटल्यान्डले दक्षिण अफ्रिकामा आफ्नो अन्तिम तयारी गरेका छन् । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । यो अभ्यास खेल हुँदा नेपाललाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछ ।

नेपाल आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा पुगेको हो । नेदरल्यान्ड्स १२ टेस्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्न लागेको हो । नेदरल्यान्ड्स वर्तमान समयको एसोसिएटको एक उत्कृष्ट टोली हो । इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीको कारण विश्वकप छनोटमा नेदरल्यान्ड्सका केहि प्रमुख खेलाडी छैनन् । त्यसैले उसको लागि टोलीको स्तर परिक्षण गर्ने राम्रो अवसर हो ।

विश्वकप छनोटको घोषणा टोलीमा रहेका बास डि लिडे पनि आजको खेलमा उपलब्ध हुनेछैनन् । स्टार अलराउन्डर लिडे विश्वकप छनोटका लागि सिधैं टोलीमा जोडिनेछन् ।

नेपालको टोली ः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

नेदरल्यान्ड्सको टोली ः

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.