3 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमै ४ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।

नेपालका कप्तान रोहित पौडेल २० बलमा २ चौका र १ छक्कासहित १४ रनमा क्रिजमा छन् । उनलाई भीम सार्कीले ११ बलमा ७ रनमा साथ दिएका छन् ।
नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको बलमा आसिफ विकेटकिपर क्रोशबाट क्याच आउट भए ।
नेपालले दोस्रो विकेट तेस्रो ओभरमा गुमाएको थियो । बीककै बलमा अर्जुन साउद ४ रनमा क्याच आउट भएका थिए । अर्जुनले ४ बलमा १ चौका प्रहार गरे । कुशल भुर्तेल रायन क्लेनको चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए । उनले १० बलमा २ चौका प्रहार गरे ।
बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रनमा आउट भए । दीपेन्द्र आउट हुँदा नेपाल ६.३ ओभरमा २८–४ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि भीम र रोहितले साझेदारी गर्दै आशा देखाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]