default_image

1 year ago

June 10, 2023

ब्याटिङ नचल्दा नेपाल नेदरल्यान्ड्ससँग पराजित

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कमजोर ब्याटिङको कारण दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको छ । योसँगै दक्षिण अफ्रिकामा नेपालको विश्वकप छनोट तयारी सकिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।नेदरल्यान्ड्सको जितमा अनुभवी ब्याटर वेस्ली ब्यारेसी ८८ बलमा ४ चौका र १छक्कासहित सर्वाधिक ६३ रनमा नट आउट रहे । कप्तान स्कट एडवार्ड्स ३४ बलमा २२ रनमा आउट भए । ओपनर विक्रमजित सिंह ४० बलमा ३ चौकासहित २१ रनमा आउट भएका थिए ।

नेपालका गुलशन झाले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिए । नेपालले सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई नेदरल्यान्ड्सविरुद्ध विश्राम दिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए । उक्त रन जितको लागी पर्याप्त हुन सकेन । अलराउन्डर गुलशन झा ३२ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।

नेपालका कुनैपनि खेलाडीले क्रिजमा टिकेर रन बनाउन सकेनन् । नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बिकको बल सामु नेपाली ब्याटरले संघर्ष गरेका थिए । नेपालका ओपनर आसिफ शेख ४, कुशल भुर्तेल ९ र अर्जुन साउद ४ रनमा आउट हुँदा नेपाल नेपाल ३.४ ओभरमा २०-३ को अवस्थामा थियो ।

बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रन बनाए । दीपेन्द्र आउट हुँदा नेपाल ६.३ ओभरमा २८–४ को दयनीय अवस्थामा पुगेको थियो ।

भीम र रोहितले पाँचौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । भीम दुर्भाग्य रुपमा १० रनमा रन आउट हुँदै पेभेलिएन फर्किनु पर्यो । रोहितले हानेको बल नन स्ट्राइकमा नेदरल्यान्ड्सका बलरलाई हातमा लाग्दै स्टम्पमा लागेपछि केहि अघि बढेका भीम रन आउटको किशार हुन पुगेका थिए ।

आरिफ शेख ३५ बलमा २ चौकासहित १८ रनमा आउट भए । प्रतिश जि।सी २१ बलमा २ छक्कासहित १९ रनमा क्याच आउट भए । अन्तिम विकेटको रुपमा सोमपाल कामी ३६ बलमा २ चौकासहित १८ रनमा आउट भए ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बिकले ७ ओभरमा २६ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । स्कटल्यान्डविरुद्ध पनि हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । नेपाल अव आइतबार जिम्बावे जानेछ ।

जिम्बावेमा नेपालले आइसिसीले प्रदान गर्ने दुई अभ्यास खेल खेल्नेछ । नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.