default_image

1 year ago

June 11, 2023

भारतलाई हराउँदै अष्ट्रेलिया विश्व च्याम्पियन

281 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतमाथि सानदार जितका साथ उपाधि जितेको छ । २०२१ देखी सुरु भएको दोस्रो संस्करणको विश्व टेस्ट च्यापियनसिपको फाइनलमा अष्ट्रेलियाले भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

जितको लागि ४ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । कोहली स्कट बोलान्डको बलमा पाँचौं दिन सुरुवातमै आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो ।

अजिंक्या रहाणे १ सय ८ बलमा ७ चौकासहित ४६ रनमा आउट भए । रहाणे मिचेल स्टार्कको बलमा विकेटकिपर एलेक्स केरीबाट क्याच आउट भएपछि भारतको बराबरी सम्भावना पनि समाप्त भएको थियो । शार्दुल ठाकुर डक र उमेश यादव ४ रनमा आउट भए ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ७.१ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । गिल स्कट बोलान्डको बलमा स्लिपमा क्यामरन ग्रीनबाट उत्कृष्ट क्याच आउट हुँदै पेभेलिएन फर्के । गिलले १९ बलमा २ चौका प्रहार गरे ।

आक्रामक ब्याटिङ गरेका कप्तान रोहित शर्मा ६० बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । रोहित स्पिनर नाथन लायनको बलमा स्वीप खेल्ने धुनमा मिस हुँदा आउट हुन पुगेका थिए । चेतेश्वर पुजारा ४७ बलमा ५ चौकासहित २७ रनमा आउट भए । उनी प्याट कमिन्सको बलमा क्याच आउट भएका थिए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिए । स्कट बोलान्डले तीन, मिचेल स्टार्क दुई र प्याट कमिन्सले एक विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङ २७०–८ को समयमा समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा अष्ट्रेलियाले १ सय ७३ रनको अग्रता लिएको हुँदा समग्रमा ४ सय ४४ रनको विशाल लक्ष्य दिएको थियो । अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी १ सय ५ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनमा नटआउट रहेका थिए ।

मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सातौं विकेटका लागि केरी र स्टार्कले ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मार्नस लाबुसेन १ सय २६ बलमा ४१ र क्यामरन ग्रीन २५ रनमा आउट भए । ओपनर डेविड वार्नर १, उस्मान खवाजा १३, स्टिभ स्मिथ ३४ र ट्रविस हेड १८ रन बनाउँदै आउट भए । भारतका रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए । मोहम्मद शामी र उमेश यादवको नाममा समान दुई विकेट रह्यो ।

भारत पहिलो इनिङमा २ सय ९६ रनमा अल आउट भएको थियो । भारतका अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए । शार्दुल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए ।

सातौं विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८, रोहित शर्मा १५, शुभमन गिल १३, विराट कोहली र चेतेश्वर पुजारा समान १४ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान दुई विकेट लिए । नाथन लायनले एक विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले ।

हेड मोहम्मद शिराजको बलमा लेग साइडको बलमा एज लागेर विकेटकिपर के एस भरतबाट क्याच आउट भए । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । स्मिथ शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।

विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३, उस्मान खवाजा डक, मार्नस लाबुसेन २६, क्यामरन ग्रीन ६ र प्याट कमिन्स ९ रनमा आउट भए ।

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । मोहम्मद शामी र शार्दुल ठाकुरको नाममा दुई दुई विकेट रह्यो । पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.