3 years ago
June 11, 2023
एजेन्सी – भारतले १० वर्षपछि आइसिसीको उपाधि जित्ने सपना अधुरै बनेको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग २ सय ९ रनको फराकिलो हारसँगै १० वर्षपछि उपाधि जित्ने भारतको सपना पूरा हुन नसकेको हो ।

भारतले आइसिसी प्रतियोगिता उपाधि पछिल्लो पटक सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । भारतले २०१३ को आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई नै पाँच रनले हराउँदै उपाधि जितेको थियो ।
त्यसपछि भारतले आइसिसीको कुनैपनि नकआउट प्रतियोगिता सिनियर टोलीतर्फ जित्न सकेको छैन । आइसिसीको समूह चरण र लिगमा सानदार प्रदर्शन गर्ने विश्व क्रिकेटको पावर हाउस भारत नकआउट खेलमा भने लगातार खराब प्रदर्शनका साथ १० वर्षदेखी उपाधि बिहीन बन्दै आएको छ ।
भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको फाइनलमा २०२१ मा इंग्ल्यान्डको साउथह्याप्टनमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । केन विलियम्सन, रस टेलर र काइल जेमिसनको सानदार प्रदर्शनको सहयोगमा न्युजिल्यान्डले भारतलाई हराउँदै उपाधि जितेको थियो ।
भारत २०१४ को टि२० विश्वकप फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारत २०१५ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अष्ट्रेलियासँग ९५ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१६ को टि२० विश्वकप सेमिफाइनलमा भारत वेस्टइन्डिजसँग घरेलु मैदानमै ७ विकेटले पराजित भएको थियो ।
२०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारत पाकिस्तानसँग १ सय ८० रनले पराजित भएको थियो । २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग १८ रनले पराजित भएको थियो । २०१७ को च्याम्पियन्स ट्रफी र विश्वकप २०१९ इंग्ल्यान्डमै भएका थिए ।
२०२१ को टि२० विश्वकप भने भारत सुपर १२ बाट नै बाहिरिएको थियो । त्यस्तै २०२२ को टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
२०२१ देखि सुरु भएको दोस्रो टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । अव आइसिसीको प्रतियोगिताको रुपमा आगमी अक्टोबर नोभेम्बरमा भारतमै एकदिवसीय विश्वकप हुँदैछ । उक्त विश्वकपमा पनि भारत उपाधिको प्रमुख दाबेदार टोली हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]