default_image

1 year ago

June 12, 2023

भारतले अष्ट्रेलियासँग हार्नुको प्रमुख पाँच कारण

142 views

0 Bookmark

एजेन्सी – भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग २ सय ९ रनले पराजित हुन पुग्यो । लगातार दोस्रो संस्करण फाइनल खेलेको भारत पुन अर्को पटक पराजित हुन पुगेको हो । इंग्ल्यान्डको द ओभलमा भारतले टस जितेपनि कुनैपनि सेसनमा अष्ट्रेलियालाई दबाबमा राख्न सकेन ।

अष्ट्रेलियाले ट्रविस हेड र स्टिभ स्मिथको शतकको सहयोगमा पहिलो इनिङमै ४ सय ६९ रनको योगफल बनाउँदै जितको आधार तय गरेको थियो । भारतका अजिंक्या रहाणे र शार्दुल ठाकुरको अर्धशतकमा भारतले २ सय ९६ रन बनाउँदै झिनो सम्भावना कायमै राखेका थिए । तर दोस्रो इनिङमा अष्ट्रेलियाले थप २ सय ७० रन बनाएपछि ४ सय ४४ रनको विशाल लक्ष्य पाएको थियो । तर उक्त विशाल विजयी लक्ष्य पछ्याएको भारत २ सय ३४ रनमै अल आउट हुन पुग्यो ।

भारतको १० वर्षपछि उपाधि जित्ने सपना फेरि अधुरै बनेको छ । भारतले हार्नुमा खेलाडीको मात्रै नभएर टिम व्यवस्थापनको पनि त्यतिनै कमजोरी रहेको छ । भारतले अष्ट्रेलियासँग हार्नुको पाँच कारण यस प्रकार छन् ।

५.आश्विनलाई बाहिर राख्नु

रविचन्द्रन आश्विन वर्तमान समयका आइसिसी विश्व टेस्ट वरियताका नम्बर वान बलर हुन् । तर भारतले फाइनल खेलमा आश्विनलाई नै बाहिर राखेको थियो । आश्विनलाई बाहिर राख्दा भारतले चार तीव्र गतिका बलर उमेश यादव, मोहम्मद शामी, शार्दुल ठाकुर र मोहम्मद शिराजलाई मैदान उतारेको थियो ।

भारत तीव्र गतिका बलरलाई सहयोग मिल्ने आशामा आश्विनलाई बाहिर राखेको थियो । टिम व्यवस्थापनको उक्त निर्णय भारतलाई भारी पर्यो । कुनैपनि पिच र कन्डिसन होस् टोलीले आफ्नो प्रमुख बलरलाई खेलाउनु पर्छ । अष्ट्रेलियाका स्पिनर नाथन लायनले पहिलो इनिङमा एक र दोस्रोमा चार विकेट लिएका थिए ।

भारतकै स्पिनर रविन्द्र जडेजाले पहिलो इनिङमा एक र दोस्रोमा तीन विकेट लिएका थिए । यी दुई स्पिनरको प्रदर्शनले पनि आविश्वनको महत्व कति थियो स्पष्ट हुन्थ्यो । अर्कोतर्फ अनुभवी खेलाडी हुँदा दबाबमा झन राम्रो प्रदर्शन गर्न सक्थे । अर्कोतर्फ आश्विन ब्याटिङ पनि त्यतिनै राम्रो गर्ने गर्दछन् । आश्विनलाई खेलाएको भए मध्यक्रममा विकेट लिन सक्थे र नतिजा अर्कै हुनसक्थ्यो ।

४.भारतको कमजोर तयारी

भारतको हारको एक प्रमुख कारण कमजोर तयारी थियो । भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) को कारण टेस्ट च्याम्पियनसिपको लागि तयारी राम्रोसँग गर्न पाएको थिएन । भारतका अधिकाम्स खेलाडीले एक हप्ता तयारी गरेका थिए । टि२० शैलीबाट टेस्टमा रुपान्तरण हुन कुनैपनि खेलाडीलाई समय लाग्छ । अर्कोतर्फ इंग्लिस कन्डिसनमा खेल्न एसियाका कुनैपनि खेलाडीलाई सहज हुँदैन ।

भारतले पहिलादेखीनै इंग्ल्यान्डमा राम्रो तयारी गर्नुपर्ने थियो । अर्कोतर्फ कुनै बलियो टोलीसँग इंग्ल्यान्डमा टेस्ट सिरिज खेल्नुपर्ने थियो । त्यसले गर्दा भारतलाई फाइनल अघि आफ्नो कमजोरी पत्ता लगाउने राम्रो अवसर मिल्न सक्थ्यो । २०२१ को फाइनल अघि न्युजिल्यान्डले इंग्ल्यान्डसँग सिरिज खेलेको थियो । त्यसैले फाइनलमा भारतलाई हराएको थियो । भारतको कमजोरी तयारीले उपाधि जित्न सकेन ।

३. क्यामरन ग्रीनको उत्कृष्ट क्याच

अष्ट्रेलियालाई जिताउन युवा अलराउन्डर क्यामरन ग्रीनको उत्कृष्ट क्याच एक कारण थियो । आइपिएलमा मुम्बई इन्डियन्सबाट १७ करोड ५० लाख भारुमा खेलेर फर्किएका ग्रीनको ब्याटिङ अपेक्षा अनुसार रहन सकेन । तर फिल्डिङ भने सानदार रह्यो । पहिलो इनिङमा अजिंक्या रहाणेले भारतको आशा कायम राखेका थिए ।

रहाणे ८९ रनमा खेल्दै रनको अन्तर घटाएका थिए । प्याट कमिन्सको बलमा ग्रीनले गल्लीमा एक हातले एक सानदार क्याच लिएका थिए । रहाणे क्रिजमा टिक्दा विशाल इनिङ खेल्न सक्थे । तर ग्रीनको उत्कृष्ट क्याचको शिकार बने । चेतेश्वर पुजारालाई पहिलो इनिङमा १४ रनमा बोल्ड गर्दै उनले महत्वपूर्ण योगदान दिएका थिए ।

दोस्रो इनिङमा विशाल विजयी लक्ष्य पछ्याएको भारतले आक्रामक सुरुवात गर्न खोजेको थियो । स्कट बोलान्डको बलमा शुभमन गिलको एक हातले पुन उत्कृष्ट क्याच लिए । त्यसपछि अष्ट्रेलिया पुन हाबी बनेको थियो । गिल र रहाणे ग्रीनको उत्कृष्ट क्याचको शिकार बन्नु हारको अर्को कारण रह्यो ।

२.स्मिथ र हेडको साझेदारी तोड्न नसक्नु

पहिलो इनिङमा अष्ट्रेलिया एक समय ७६-३ को अवस्थामा थियो । त्यसपछि क्रिजमा स्टिभ स्मिथ र ट्रविस हेड थिए । भारतले त्यो समय थप दुई विकेट लिन सकेको भए अष्ट्रेलिया ३ सय रनको आसपासमा रोकिन सक्थ्यो । तर चौथो विकेटक लागि स्मिथ र हेडले २ सय ८५ रनको साझेदारी गर्दै भारतलाई दोस्रो दिननै उपाधि सम्भावनाबाट बाहिर गराएका थिए ।

हेडको १ सय ६३ र स्मिथको १ सय २१ रनको सहयोगले अष्ट्रेलियाले विशाल योगफल तयार पारेको थियो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रामणको लागि पहिलो इनिङको योगफल जितको आधार तय गर्न पर्याप्त थियो । पहिलो इनिङमा १ सय ७३ रनले पछि परेपछि भारतको जितको सम्भावना त्यहिँ सकिएको थियो ।

१. प्रमुख ब्याटरको खराब प्रदर्शन

भारतले उपाधि जित्न नसक्नुको प्रमुख कारण ठूला नामका खेलाडी चल्न नसक्नु हो । भारतमा स्टार खेलाडीको बाहुल्यता छ । तर खेल्नुपर्ने खेलमा स्टार खेलाडीको प्रदर्शन सधैं कमजोर र निराशजनक हुन्छ । रोहित शर्मा, विराट कोहली र चेतेश्वर पुजारा जस्ता स्टार ब्याटर टोलीमा थिए ।

यी तीन मध्य एक खेलाडीले इनिङ खेल्नुपर्ने थियो । फाइनल वा दबाबका खेललाई ठूला खेलाडीको खेलको रुपमा चिनिन्छ । तर पहिलो इनिङमा रोहित १५ र दोस्रो इनिङमा ४३ रनमा आउट भएका थिए । कोहली १४ र ४९ रनमा आउट भए । पुजारा १४ र २७ रनमा आउट भए । कोहली र पुजारा भारतीय टेस्ट टोलीका खम्बा नै हुन् । तर यी दुई खेलाडीको प्रदर्शन नै सबैभन्दा निराशजनक रह्यो ।

भारतका प्रमुख तीन ब्याटर मध्य एकले ठूलो इनिङ नखेलेपछि कुनैपनि टोलीले विशाल योगफल बनाउन सक्दैन । अन्य ब्याटरको मनोबल र प्रदर्शन प्रत्यक्ष असर पर्छ । कोहली विश्वका उत्कृष्ट ब्याटर हुन् । तर उनी खेल्नुपर्ने खेलमा खेल्न सकेनन् ।
उता अष्ट्रेलियाका स्मिथ र हेडले उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतमा नामका स्टार खेलाडी भएपनि खेलमा प्रदर्शन गर्न नसक्दा पराजित भएको हो । प्रमुख खेलाडीको उच्च प्रदर्शन बिना कुनैपनि टोली विजयी हुन सक्दैन ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.