3 years ago
June 12, 2023
एजेन्सी – युएईले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै अर्को सतादेखी जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको छ । मोहम्मद वासिमको कप्तानीमा गरेको युएईको टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

वेस्टइन्डिजसँगको डेब्यू सुरुवाती दुई खेलमा अर्धशतक प्रहार गर्ने अली नासिर, युवा ब्याटर इथान डी सोल्झा, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन, वृत्य अरविन्द, मोहम्मद जवादुल्लाह र आयन खान जस्ता खेलाडी युएईको टोलीमा छन् ।
युएईले वेस्टइन्डिजसँग अन्तिम खेलमा डेब्यू दिएका इथान डी सोल्झालाई टोलीमा समेटेको छ । युएईको सिनियर टोलीबाट एकै मात्रै खेल खेलेका उनी ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । केहि महिना अघि यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालविरुद्ध निर्णायक खेलमा सोल्झाले अर्धशतक प्रहार गरेका थिए ।
अली नासिर तीव्र गतिका बलिङ अलराउन्डर हुन् । जसले तल्लोक्रममा ठूलो सटको क्षमता राख्छन् । बायाँ हाते ब्याटर नासिरले टेस्ट टोली वेस्टइन्डिजविरुद्ध दुई अर्धशतक प्रहार गरेपछि टोलीमा मौका पाएका हुन् । वृत्य र आयन खान भने पछिल्लो एक वर्षदेखी युएईका पहिलो रोजाईका खेलाडी हुन् ।

मोहम्मद वासिम, रमिज शाहजाद, आसिफ खान, रोहन मुस्तफा, जुनैद सिद्दिक र जहुर खान जस्ता अनुभवी खेलाडी टोलीमा छन् । विश्वकप छनोट जुन १८ देखी ९ जुलाई सम्म जिम्बावेमा हुनेछ । युएईले मंगलबार नेपालसँग वार्मअप खेल खेल्दैछ । युएई, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान समूह बी मा छन् । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् ।
युएईले बिहीबार वेस्टइन्डिजसँग वार्मअप खेल खेल्नेछ । युएईले १९ जुनमा श्रीलंका, २१ जुनमा ओमान, २३ जुनमा स्कटल्यान्ड र २७ जुनमा आयरल्यान्डसँग खेल्नेछ ।
युएईको टोली :
मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]