2 years ago
June 12, 2023
रुपन्देही (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ४० करोड खर्चमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान बन्ने भएकोछ । निजी क्षेत्रको लगानीमा नेपालमा पहिलो पटक उक्त मैदान बन्न लागेको हो । मालिक विनोद कुँवर र सुदीक्षा गौतमले तिलोत्तमा वडा नम्बर १७ स्थित पूर्व दरखसवामा उक्त मैदान निर्माण गर्न लागेका हुन् ।
सोमबार हिन्दु धर्मअनुसार मैदानको पुजा गर्दै एक कार्यक्रमकाबीच शिलान्याश भएको छ । अष्ट्रेलियामा रहँदै आएका विनोद र उनकी श्रीमती सुदीक्षा मिलेर झण्डै ४० करोड रुपैयाँमा उक्त मैदान निर्माण गर्न लागेका हुन् ।
एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमले नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व छ । झण्डै ५ विघा जग्गा किनेर मैदान निर्माण प्रकृया अगाडि बढाइएको छ । जग्गा थप खरिदको प्रकृयामा छ । गएको दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने कार्य सम्पन्न गरिएको भएकोछ ।
पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैंया लाग्ने अनुमान गरिएको छ ।
एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो । सिड्नीमा यसको कार्यलयमा १५ जना कर्मचारी छन् । यसको क्यानबेरा, ब्रिसवेन, मेलवर्नमा फ्रेन्चाइज रहेको छ । काठमाडौंको सुविधानगरमा यसको नेपाल शाखा रहेको छ ।
नेपालका पूर्व क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडरको रुपमा छन् । यो क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिएकोछ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।
यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा हुनेछन् ।
शिलान्यास कार्यक्रममा विनोदले यो निकै महँगो योजना भएको बताए । यो निकै महँगो योजना हो । नेपालमा धेरै क्रिकेट स्टेडियम बन्न सकेका छैनन् । जग्गा पनि धेरै चाहिँन्छ । धेरैले क्रिकेट मैदान बनाउन सोच्नु भएको छैन, विनोदले भने । उनले एकै वर्षमा बनाउने भन्दा पनि एकएक गरि सम्पन्न गर्ने बताए ।
‘म एकै वर्षमा पूरा बनाउछु भन्दिन । एक एक गरि सम्पन्न गछौं । पहिलो वर्ष हामी मैदान र पिच बनाउँदै खेल्न लायक मैदान बनाउँछौं । नेपालले डिभिजन पाँच देखी अहिले सम्म क्रिकेटलाई पछ्याउँदै आएको छ । त्यो समय पारस खड्का र शक्ति गौचनसँगको फोटो मसँग अहिले पनि छ । मेरो इन्जिनियरको परिक्षा हुँदा पनि क्रिकेट हेर्न छाड्ने थिएन । त्यति क्रेज ममा क्रिकेटमा थिए । त्यसैले एउटा मैदान बनाउछु । यो निजी भन्दा पनि तिलोत्तमाको हो । निर्माणमा सरकारले गर्नुपर्ने सहयोग वहाँहरुले गर्नुहुनेछ’, विनोदले भने ।
तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाणले आफूहरुले गर्नुपर्ने सबै सहयोग गर्ने बताए । ‘खेलको विकासले मात्रै समग्र देशको विकास हुन्छ । यस मैदान निर्माणमा तिलोत्तमा नगरपालिकाको सम्पूर्ण साथ र सहयोग रहन्छ’, खाणले भने ।
त्यस्तै क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले यो एउटा ठूलो उदेश्य रहेको बताएका छन् । ‘यो एउटा ठूलो उदेश्य हो । यसमा आफ्ना जिल्ला क्रिकेट संघको पूर्ण साथ रहन्छ । यो योजना पूरा पनि हुनेछ’, मल्लले भने ।
यता नेपाली क्रिकेटका पूर्वस्पिनर तथा मैदानका ब्रान्ड एम्बासडर शक्ति गौचनले क्रिकेट विकासको लागि मैदान निर्माण आफ्नो सपना रहेको बताए । ‘म एकेडेमी सञ्चालन गर्दा सधैं एउटा मैदानको आवश्यकता महसुस गरेको थिए । यो एउटा मेरो सपना थियो । देबदहमा हामीले मैदान निर्माण गयौं । आर्थिकको कारण गतिशीलता पाउन सकेन । म कर्ममा विश्वास गर्छु । मैदान र एकेडेमी भएमा प्रतिभा धेरै राम्रो हुन्छ’, शक्तिले भने ।
त्यसैमा थपे, ‘मैले सोचेको मैदान भगवानले पूरा गर्दिनु भयो । विनोदले मलाई विश्वास र भरोसा गर्नु भयो । यो मैदानमा खेलाडी खेलेर निखारिन पाएमा नेपाल राष्ट्रलाई टेस्टको मान्यता सम्म दिलाउनेछन् ।’
February 12, 2025
एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]