default_image

1 year ago

June 13, 2023

भारत र गिललाई आइसिसीको कारबाही

127 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिस) ले भारतीय क्रिकेट टोली र युवा ब्याटर शुभमन गिललाई कारबाही गरेकोछ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्वलो ओभर रेटको कारण भारतलाई म्याच फिको १ सय प्रतिशत जरिवना लागेको छ ।

अष्ट्रेलिया क्रिकेट टोलीलाई म्याच फिको ८० प्रतिशत स्वलो ओभरको कारण जरिवना लागेको छ । निर्धारिय समय भन्दा भारतले पाँच र अष्ट्रेलियाले चार ओभर ढिलो गरेको कारण कारबाही गरेको उक्त खेलको म्याच रेफ्री रिची रिचर्ड्सले जनाएका छन् ।

आइसिसीको नियम अनुसार एक ओभर ढिलो भएका म्याच फि को २० प्रतिशत जरिवना लाग्ने गर्दछ । त्यसैको कारण भारतलाई १ सय प्रतिशत र अष्ट्रेलियालाई ८० प्रतिशत म्याच फि जरिवना लागेको हो ।

उता शुभमन गिललाई थप अतिरिक्त १५ प्रतिशत जरिवना लागेको छ । अम्पायरको निर्णयविरुद्ध असन्तुष्ट हुँदै सामाजिक सञ्जालमा पोष्ट गरेका गिललाई आइसिसीले जरिवना लगाएकोछ ।

गिल चौथो दिन दोस्रो इनिङमा तीव्र गतिका बलर स्कट बोलान्डको बलमा क्यामरन ग्रीनबाट क्याच आउट भएका थिए । ग्रीनले गल्लीमा एक हातले डाइभ हान्दै उत्कृष्ट क्याच लिएका थिए । सामाजिक सञ्जालमा आउट नभएको भन्दै चर्चा चलेको थियो ।

गिलले चौथो दिन खेल सकिएको केहि समयमा सामाजिक सञ्जालमा उक्त क्याच बारे असन्तुष्ट जनाउँदै एक पोष्ट गरेका थिए । त्यसैको कारण कारबाहीमा परेका हुन् । अष्ट्रेलियाले फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.