default_image

1 year ago

June 13, 2023

नेपाल युएईसँग पराजित

315 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग तीन विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा २ सय ७६ रनमा अल आउट भएको थियो । नेपालका आसिफ शेखले १ सय ४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेल ५३ बलमा ६ चौकासहित ३९ रन बनाए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.२ ओभरमा ८७ रनको साझेदारी गरेका थिए ।
भीम सार्की ४६ बलमा २ चौकासहित २५ रनमा आउट भए । कुशल मल्ल ३० बलमा १ चौका र ४ छक्कासहित ४५ रनमा आउट भए । आरिफ शेख ३३ बलमा ३ चौका र १ छक्कासहित ३५, दीपेन्द्रसिंह ऐरी ८, गुलशन झा ११ र रोहित पौडेल १ रनमा आउट भए । सोमपाल कामी १६ र करण केसी ३ रनमा आउट भए । युएईका तीव्र गतिका बलर अली नासिरले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । कार्तिक मयाप्पन र सन्चित शर्माले समान दुई विकेट लिए ।

जितको लागि २ सय ७७ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा अनुभवी ब्याटर रोहन मुस्तफा ५६ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहे । ओपनर अर्यांश शर्मा ४९ बलमा ९ चौकासहित ५०, वृत्य अरविन्द १८, रमिज शाहजाद ४३ र आसिफ खान ३६ रनमा आउट भए । अली नासिर २८ बलमा १ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।

नेपालका ललितनारायण राजवंशीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । करण केसीले ७.५ ओभरमा २ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिए । गुलशन झा, सोमपाल कामी र कुशल मल्लले समान तीन विकेट लिए ।

नेपाल दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजित भएको थियो । नेपाल नेदरल्यान्ड्ससँग ५ विकेट र स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

नेपाल नेदरल्यान्ड्ससँग ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । स्कटल्यान्डविरुद्ध नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकामा कमजोर ब्याटिङका कारण पराजित भएको नेपाल जिम्बावेमा भने बलिङ नचल्दा हार्न पुगेको छ । नेपालले अन्तिम अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ ।

विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.