default_image

2 years ago

June 13, 2023

यस्तो रह्यो युएईविरुद्ध सम्पूर्ण नेपाली खेलाडीको प्रदर्शन

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट अघि अभ्यास खेलमा युएईसँग तीन विकेटले पराजित हुन पुगेको छ । जितको लागि २ सय ७७ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा जितको लागि एक रन चाहिँदा पाँचौं बलमा पुगेर भेटाएको थियो ।

युएईको जितमा अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफा ५६ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहे । युएईलाई युवा ओपनर अर्यांश शर्मा ४९ बलमा ९ चौकासहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

कप्तान मोहम्मद वासिम २३ बलमा ३ चौकासहित १९ रनमा आउट भए । वासिमलाई सोमपाल कामीले पाँचौं ओभरको चौथो बलमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि वृत्य र अर्यांश शर्माले ६० रनको साझेदारी गर्दै राम्रो योगफलको बाटो तयार पारे ।

वृत्य ४० बलमा १ चौकासहित १८ रनमा आउट भए । उनी ललितको बलमा आसिफ शेखबाट क्याच हुन पुगेका थिए । गुलशनले शर्मालाई करण केसीबाट क्याच गराउँदा युएई १९ ओभरमा ९१-३ को अवस्थामा थियो । आसिफ खान र रमिज शाहजादले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।

आसिफ खानलाई कुशल मल्लले ३६ रनमा क्याच गराउँदै उक्त साझेदारी ताडे । उनले ३८ बलमा ५ चौका प्रहार गरे । पाँचौं विकेटका लागि रमिज शाहजाद र रोहन मुस्तफाले ५५ रनको साझेदारी गरेपछि युएई मजुबत अवस्थामा पुगेको थियो ।

रमिज ६२ बलमा ३ चौका र १ छक्का गर्दै ४३ रनमा ललितको बलमा आउट हुँदा युएई ३९.५ ओभरमा २०२-५ को अवस्थामा थियो । त्यसपछि रोहन मुस्तफा र नासिर अलीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै जित सम्म पुर्याएका थिए । युवा अलराउन्डर नासिर २८ बलमा १ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।

नेपालका ललितनारायण राजवंशीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । उनी १० ओभर गर्ने नेपालबाट एकमात्रै बलर रहे । करण केसीले ७.५ ओभरमा २ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर १ विकेट लिए ।

सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ३ ओभरमा २३ र दीपेन्द्रले ८ ओभरमा ४५ रन खर्चिए । कुशल मल्लले ६ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने भने आज पनि खेलेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा २ सय ७६ रनमा अल आउट भएको थियो । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले १ सय ४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए ।

अर्का ओपनर कुशल भुर्तेल ५३ बलमा ६ चौकासहित ३९ रन बनाए । भीम सार्की ४६ बलमा २ चौकासहित कार्तिक मयाप्पनको बलमा २५ रनमा बोल्ड आउट भए । मयाप्पनकै बलमा आसिफ डी सोल्झाबाट क्याच आउट भएपछि नेपाल ३४.१ ओभरमा १४७-३ को अवस्थामा थियो ।

आरिफ शेख र कुशल मल्लले चौथो विकेटका लागि ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । युएईका तीव्र गतिका बलर नासिर अलीले उत्कृष्ट बलिङ गरेका थिए ।

कुशल मल्ल ३० बलमा १ चौका र ४ छक्कासहित ४६ रनमा मोहम्मद वासिमबाट क्याच आउट भए । नासिरकै बलमा आरिफ शेख ३३ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । नासिरको बलमा दीपेन्द्र ८ र गुलशन झा ११ रनमा आउट भए । गुलशन र दीपेन्द्र दुबै डी सोल्झाबाट क्याच आउट भएका थिए ।

तीव्र गतिका बलर सन्चित शर्माको बलमा कप्तान रोहित पौडेल एक रनमा सोल्झाबाट नै क्याच आउट भए । करण केसी ३ रनमा रन आउट हुन पुगे । सोमपाल कामी १० बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । ललित १ रनमा नट आउट रहे ।

युएईका तीव्र गतिका बलर नासिर अलीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । कार्तिक मयाप्पन र सन्चित शर्माले समान दुई विकेट लिए । रोहन मुस्तफाले एक विकेट लिएका थिए । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ ।

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

January 24, 2025

महिला पिएम कप – एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]

Success

Thank you for your time.