2 years ago
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) ( नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले २०२३ को ग्लोबल टि२० क्यानडा खेल्ने भएका छन् । मंगलबार राती दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो । दीपेन्द्र पहिलो पहिलो पटक आफ्नो करिअरमा विदेशी लिग खेल्न थालेका हुन् ।
नेपाली क्रिकेटका ३ डी दीपेन्द्रले टि२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४४ टि२० आई खेलमा १ शतक र पाँच अर्धशतकसहित १ हजार १ सय ३ रन बनाएका छन् ।
बलिङतर्फ २१ विकेट लिएका छन् । नेपाली क्रिकेट टोलीबाट २०१७ देखी दीपेन्द्र पहिलो रोजाईमा खेल्दै आएका छन् । दीपेन्द्रको टोलीमा सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, पाकिस्तानका मोहम्मद वासिम, युएईका आयन खान लगायतका खेलाडी छन् ।
सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको छ । सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन् । गतवर्ष भदौमा बलात्कार आरोप लागेपछि सन्दीप पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् ।
सन्दीपको टोलीमा इंग्ल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखर अहमद, अष्ट्रेलियाका जेसन बेहरनडोर्फ, बंगलादेशका लिटन दास र अफगानिस्तानका करिम जन्नत लगायतका खेलाडी छन् । ग्लोबल टि२० क्यानडा आगमी जुलाई २० देखी अगष्ट ६ सम्म चल्नेछ ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]