default_image

1 year ago

June 14, 2023

दीपेन्द्र र आन्द्रे रसेल एकै टोलीमा

139 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका एक उत्कृष्ट विष्फोटक ब्याटर आन्द्रे रसेल र नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एकै टोलीबाट ग्लोबल टि२० क्यानडा खेल्ने भएका छन् । मंगलबार राती दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टबाट किनेको हो ।

दीपेन्द्रले पहिलो पटक विदेशी लिग खेल्नेछन् । जसमा वेस्टइन्डिजलाई दुई पटक टि२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका रसेलसँगै खेल्नेछन् ।

रसेल विश्व क्रिकेटका विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङको लागि चिनिन्छन् । यता दीपेन्द्र भने मध्यक्रममा ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र नेपाली क्रिकेटका वर्तमान समयका एक उत्कृष्ट फिल्डर र अलराउन्डर समेत हुन् ।

आइपिएल कोलकाता नाइट राइडर्सबाट खेल्ने रसेल विश्वका चर्चित सबै विदेशी लिग खेलेका छन् । रसेल २०२१ को टि२० विश्वकप देखी वेस्टइन्डिजको टोलीमा छैनन् । यसअघिका मुख्य प्रशिक्षक फिल सिमन्ससँग राम्रो सम्बन्ध नहुँदा उनी टोली बाहिर थिए । तर वेस्टइन्डिजलाई दुई पटक विश्वकप उपाधि जिताएका कप्तान ड्यारेन स्यामी मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै रसेल टोलीमा फर्किने सम्भावना उच्चछ । रसेल, सुनिल नारायण र शिम्रन हेटमायर टोलीमा फर्किन सक्ने स्यामीले बताएका छन् ।

दीपेन्द्रको टोलीमा बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन पनि छन् । हसन विश्व किकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । अष्ट्रेलियाका ओपनर क्रिस लिन, शेर्फान रदरफोर्ड र कार्लोस ब्रेथवेट छन् । वेस्टइन्डिजलाई २०१६ को टि२० विश्वकप उपाधि जिताउन इंग्ल्यान्डलाई अन्तिम ओभरमा ब्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गरेका थिए ।

पोखरा प्रिमियर लिग २०१९ मा दीपेन्द्रको कप्तानीमा एक्स्पर्ट धनगढी ब्लुजबाट खेलेका क्यानडाका विजयरत्ने श्रीमन्था पनिसँगै टोलीमा हुनेछन् । ग्लोबल टि२० क्यानडा आगमी जुलाई २० देखी ६ अगष्ट सम्म हुनेछ । नेपालका सन्दीप लामिछानेलाई सन्दीप लामिछानेलाई सर्रे जगुआरले किनेको छ।

मोन्ट्रियल टाइगर्सको टोली :

सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, शेर्फान रदरफोर्ड, कार्लोस ब्रेथवेट, मोहम्मद अब्बास अफ्रिदी, जाहिर खान, मोहम्मद वासिम, अकिफ राजा, आयन खान, दीपेन्द्रसिंह ऐरी, कलिम साना, श्रीमन्था विजयरत्ने, म्याथ्यु स्पोर्स, विज्पेन्द्र सिंह, दीलप्रीत सिंह, अनुप चिमा ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.