default_image

1 year ago

June 14, 2023

सन्दीप एलपिएलमा अनसोल्ड

318 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग(एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् । गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन् ।

सन्दीप वर्तमान समयमा नेपाली क्रिकेट टोलीबाट आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि जिम्बावेमा छन् । सन्दीपलाई गत वर्ष भदौमा एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनी गत फागुनमा मात्रै नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका थिए । मंगलबार राती भने ग्लोबल टि२० क्यानडामा सन्दीपलाई सर्रे जगुआरले किनेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.