default_image

1 year ago

June 15, 2023

भारतलाई स्तब्ध पार्ने सोचमा नेपाल

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा आज भारत ए सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ मा हङकङको मोंग कोकमा सुरु हुनेछ । नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध सानदार बलिङ प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो । नेपालले आजको खेलमा ब्याटिङमा सुधारका साथ भारतलाई स्तब्ध पार्न चाहन्छ । नेपाल पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सकेको थियो । उता भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

पाकिस्तानलाई ८७ रनमा अल आउट गर्न नेपालकी कविता कुँवरले लगातार योर्करका साथ दुई विकेट लिँदै सर्वाधिक २० रन जोडेकी थिइन् । इन्दु बर्माले तीन र सीता रानामगरले दुई विकेट लिएकी थिइन् । नेपाल पहिलो खेलमा जस्तै बलिङमा उत्कृष्ट प्रदर्शन चाहन्छ । तर नेपाली खेलाडीको फिटनेश प्रमुख समस्याको रुपमा छ । फिटनेशकै कारण नेपालले राम्रोसँग रन जोड्न सकेको थिएन । आजको खेलमा नेपालले डबल सिंगल रनमा ध्यान दिनुपर्ने हुन्छ ।

कप्तान रुविना क्षेत्री बेलबासे, सीता र इन्दु नेपालका प्रमुख ब्याटर हुन् । महत्वपूर्ण खेलमा प्रमुख खेलाडीको प्रदर्शन सधैं महत्वपूर्ण रहन्छ । यी तीन खेलाडीले राम्रो प्रदर्शन गरेमा नेपालले भारतलाई स्तब्ध पार्न सक्छ । नेपालले ब्याटिङ मजबुत बनाउन स्पिनर कृतिका मरासिनीको स्थानमा सरस्वती चौधरीलाई मौका दिनसक्छ ।

नेपाली टोलीले ब्याटिङक्रममा पनि सुधार गर्न आवश्यक देखिन्छ । ओपनर ज्योति पाण्डेलाई नेपालले आठौं नम्बरमा खेलाएको थियो । नेपालले ज्योतीलाई ओपनर वा शीर्षक्रममा खेलाउनु पर्ने हुन्छ । ज्योति केहि समय लिएर खेल्ने गर्दछिन् । नेपालको टोलीमा कविता जोशी हिटरको रुपमा छिन् । जोशी तर खुलेर खेल्न सकेकी छैनिन् ।

यता भारतीय टोलीमा १८ देखी २० वर्षसम्मका खेलाडी छन् । भारतीय सिनियर टोलीबाट खेलेका कुनैपनि खेलाडी छैनन् । सबै यू१९ का खेलाडी छन् । भारतले यसै वर्ष दक्षिण अफ्रिकामा सम्पन्न यू१९ विश्वकप विजेता टोलीकी सदस्य स्वेता श्रेवातलाई कप्तानीको जिम्मेवारी दिएको छ । उनी १९ वषएकी छिन् ।

गांन्गाडी तृषा, सौम्य तिवारी, तितास साधु, मानत काश्यप र पार्षवी चोपरा छन् । यी सबै भारतको यू१९ विश्वकप यसै वर्ष खेलेका थिए । भारतको ए टोली भनिएपनि सबै यू१९ का खेलाडी छन् ।

नेपाल त्यसको फाइदा उठाउन चाहन्छ । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले यस खेल जित्नै पर्ने हुन्छ । भारतीय ए टोली यू१९ सरह हुँदा नेपाली खेलाडीको मनोबल पनि उच्च छ । भारतीय टोलीमा कुनैपनि खेलाडी २० वर्ष माथिका छैनन् । त्यसको फाइदा उठाउँदै नेपाल भारतलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.