default_image

1 year ago

June 15, 2023

वर्षाले नेपाल र भारतबीचको खेल प्रभावित

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा नेपाल र भारत ए बीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा हङकङको मोंग कोकमा सुरु हुनुपर्ने थियो ।

पूरानो तस्विर ।

तर बुधबार बिहान भएको वर्षाको कारण खेलको टस पनि हुन नसकेको हो । एसियन क्रिकेट काउन्सिले भिजेको आउफिल्डको कारण खेल हुन नसकेको जनाएको छ । वर्षाको कारण आजको पहिलो खेलमा हङकङ र पाकिस्तान ए ले एक एक अंक बाँडेका छन् ।

नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् । पहिलो खेलमा पाकिस्तानविरुद्ध सानदार बलिङ प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो । नेपालले आजको खेलमा ब्याटिङमा सुधारका साथ भारतलाई स्तब्ध पार्न चाहन्छ । नेपाल पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सकेको थियो ।

उता भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । यता भारतीय टोलीमा १८ देखी २० वर्षसम्मका खेलाडी छन् । भारतीय सिनियर टोलीबाट खेलेका कुनैपनि खेलाडी छैनन् । सबै यू१९ का खेलाडी छन् ।भारतीय टोलीमा कुनैपनि खेलाडी २० वर्ष माथिका छैनन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.