default_image

1 year ago

June 15, 2023

नेपालले ओमानविरुद्ध टस हार्यो

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अन्तिम वार्मअप खेलमा ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

यो अभ्यास खेल हुँदा प्लेइङ ११ भन्ने हुँदैन । नेपालले टिममा भएका १६ मध्य कुनैपनि खेलाडीलाई ब्याटिङ र बलिङ गराउन सक्छ ।

नेपाल यसअघिका तीन अभ्यास खेलमा लगातार पराजित भएको छ । नेपाल विश्वकप छनोटअघि अन्तिम खेलमा जितको खोजीमा हुनेछ । नेपाल युएईसँग पहिलो वार्मअप खेलमा तीन विकेटले पराजित भएको थियो ।

त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुन पुगेको थियो । युएईविरुद्ध नेपालले २ सय ७५ रन बनाएपनि पराजित हुन पुगेको थियो । नेपालले तीनै खेलमा स्पिनर सन्दीप लामिछानेलाई मैदान उतारेको छैन । नेपालले आज मैदान उतार्न सक्छ । आज पनि मैदान नउतारेले सिधैं विश्वकप छनोटमा प्रयोग गर्ने रणनीति हुनसक्छ ।

नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपमा ओमानविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । जुन नेपालले ओडिआईमा बनाएको सर्वाधिक ठूलो योगफल थियो । उक्त खेलमा नेपालका कुशल मल्लले ५९ बलमै शतक हानेका थिए । करण केसी र सन्दीपले समान तीन विकेट लिएका थिए । ओमानका मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाएका थिए ।

उता वार्मअप खेलमा ओमान जिम्बावेसँग २८ रनले पराजित भएको थियो । ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ३ सय ३९ रनमा अल आउट भएको थियो । उक्त खेलमा ओमानका अकिब इलियासले १ सय १५ र आयन खानले ९१ रन बनाएका थिए । अकिब नेपाललाई घातक बन्नसक्छन् । बिलाल खान ओमानका प्रमुख हतियार हुन् ।

नेपाल र ओमान विश्वकप छनोटमा भने फरक समूहमा छन् । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् ।

नेपालको टोली ः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

ओमानको टोली ः

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिन्दरसिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, सन्दीप गौड, आयन खान, सुरज कुमार, अदिल शफिक, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जय ओडेरा, स्यामी श्रीभात्सव र रफिउल्लाह ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.