default_image

1 year ago

June 15, 2023

सोमपालले लिए एकै ओभरमा दुई विकेट

117 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिपसीय विश्वकप छनोट अघि अभ्यास खेलमा ओमानविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४.३ ओभरमा ६-२ को अवास्थामा छ । क्रिजमा ओपनर जतिन्दर सिंह र चौथो नम्बरका ब्याटर तथा कप्तान जिशान मकसुद छन् ।

नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई शून्यमा आउट गरेका थिए । सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए ।

त्यसको एक बलपछि अर्का ओपनर अकिब इलियास अफ साइडको बल एज लागेर विकेटकिपर आसिफ शेखबाट शून्यमा क्याच आउट हुन पुगे । अकिबले वार्मअप खेलमा यसअघिको खेलमा जिम्बावेविरुद्ध शतक हानेका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.