default_image

1 year ago

June 15, 2023

भारतसँग अंक बाँड्दा नेपाललाई फाइदा

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिया कपमा वर्षाको कारण भारतसँग अंक बाँडेको छ । लगातार वर्षा र झिजेको आउट फिल्डको कारण खेलको टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् ।

नेपाललाई अंक बाँड्दा भने फाइदा भएको छ । यदि यस खेलमा नेपाल पराजित भएको खण्डमा सेमिफाइनल यात्रा समाप्त हुने थियो ।

तर अंक बाँड्दा भने सेमिफाइनल सम्भावना कायमै छ । नेपाल २ खेलमा एक मा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३-३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छ ।

उता हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ । भारतको नेटरनरेट ५.४२५ छ । भारतको सेमिफाइनल अनौपचारिकता मात्रै बाँकीछ । पाकिस्तानको ०.४५० र नेपालको माइनस ०.४५० छ । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो ।

नेपाल सेमिफाइनलमा पुग्न पहिला शनिबार घरेलु टोली हङकङमाथि सानदार फराकिलो जित हात पार्नुपर्ने हुन्छ । पाकिस्तानलाई नेटरनरेटमा पछि पार्न सक्नुपर्छ । नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन । यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा र अन्तिम खेलमा पाकिस्तान पराजित भएमा दुबै टोलीको ३-३ अंक हुनेछ ।

यो अवस्थामा नेपाल नेटरनरेटमामाथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारत र पाकिस्तान ए बीच शनिबार खेल हुनेछ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.