1 year ago
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतकससँगै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानविरुद्ध जिततर्फ अघि बढेको छ। जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३० ओभरमै १ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल ९१ बलमा १३ चौका र २ छक्कासहित १ सय रनमा क्रिजमा छन् । कुशलले ९१ बलमा शतक पूरा गरेका थिए । उनलाई भीम सार्कीले ६५ बलमा ८ चौकासहित ५० रनमा साथ दिएका छन्। दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलले १ सय ६ रनको शतकीय साझेदारी गरि सकेका छन् ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आसिफ २४ बलमा २३ रनमा आउट भए । तीव्र गतिका बलर कलिमुल्लाहको बलमा आसिफ आयन खानबाट क्याच आउट भएका थिए ।
त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट भएको थियो । ओमान कप्तान जिशान मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चेर ५ विकेट लिए । यो नेपाललको अन्तिम अभ्यास खेल समेत हो ।
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले […]
October 8, 2024
एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको छ । घरेलु टोलीका कप्तान शान मक्सुद, […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए। असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो। उक्त मुद्दामा […]