default_image

1 year ago

June 15, 2023

अली खानको बलिङमा शतक!

151 views

0 Bookmark

एजेन्सी ( अमेरिका तीव्र गतिका बलर अली खानले आइसिसी एकदिवसीय वार्मअप खेलमा श्रीलंकाविरुद्ध खराब बलिङ गर्दै एक सय भन्दा बढी रन खर्चिएका छन् । अमेरिका श्रीलंकासँग १ सय ९८ रनले पराजित हुन पुग्यो ।

जिम्बावेको बुलायो एथ्लेटिक क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९२ रन बनाएको थियो ।

श्रीलंकाका कुशल मेन्डिसले ९१ बलमा ७ चौका र ६ छक्कासहित १ सय ५ रन बनाए । दिमुथ करुणारत्नेले १ सय बलमा १५ चौकाहित सर्वाधिक १ सय ११ रनमा रिटायर्ट आउट भए । चरिथ असलंका ३७ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा नट आउट रहे । कप्तान दासुन शानका ३० बलमा ७ चौका र २ छक्कासहित ६१ रनमा नट आउट भए ।

अमेरिका तीव्र गतिका बलर अली खानले १० ओभरमा १ सय २ रन खर्चेर १ विकेट लिए । सौरभ नेत्रवालकरले ९ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । अली खानले भने एकसय माथि रन खर्चिन पुगे ।

प्रतिबन्धका कारण तीव्र गतिका बलर अली खानले सुरुवाती दुई खेल नेपाल र वेस्टइन्डिजसँगको खेल खेल्न पाउने छैनन् । दुई महिना अघि महिना प्लेअफ क्वालिफायरमा जर्सीका खेलाडीविरुद्ध खेल भावनाविपरित व्यवहार गरेपछि प्रतिबन्धमा परेका थिए । २४ महिना भीत्र ४ डेमिलिट प्वाइन्टका कारण अली खानले दुई खेल प्रतिबन्ध खेप्नु परेको थियो ।

उनले जिम्बावे र नेदरल्यान्ड्ससँगको अन्तिम दुई खेल भने खेल्न पाउनेछन् । गतवर्ष आइसिसी विश्वकप लिग २ को समयमा उनले नेपाली दशर्कलाई संसारकै खराब बताएका थिए ।

अमेरिका, नेपाल, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् ।

अमेरिका टोली :

मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उपकप्तान), शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.