default_image

1 year ago

June 16, 2023

द एशेज : इंग्ल्यान्ड र अष्ट्रेलियाको सर्वाधिक ठूलो युद्ध!

102 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय टेस्ट सिरिज द एशेज आजदेखी इंग्ल्यान्डमा सुरु हुँदैछ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीच हुने द एशेज सर्वाधिक प्रतिष्ठित र प्रतीक्षित सिरिज हो । पाँच खेलको टेस्ट सिरिज यी दुई देशबीचको सर्वाधिक ठूलो प्रतिष्ठाको लडाईं समेत हो ।

पहिलो टेस्ट खेल आज दिउँसो ३ः ४५ देखी बर्घिंङ्घममा सुरु हुनेछ । यसै साता भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को उपाधि जितेको अष्ट्रेलिया एशेज सिरिज रक्षा गर्ने लक्ष्यमा छ । उता पछिल्लो एक वर्षमा टेस्ट क्रिकेट शैलीनै फेरेको इंग्ल्यान्ड एशेज सानदार पूनरागमन गर्न चाहन्छ । यी दुई उत्कृष्ट टोलीबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

दुबै टोलीमा विश्व स्टार बलर, ब्याटर र अलराउन्डर छन् । विश्व क्रिकेटमा इंग्ल्यान्ड र अष्ट्रेलियाबीच सर्वाधिक ठूलो युद्ध भनेको नै द एशेज हो । गतवर्ष अष्ट्रेलियाका प्रमुख ब्याटर स्टिभ स्मिथले टोलीले चाहेको खण्डमा एशेजको लागि टि२० विश्वकप छाड्न तयार भएको बताएका थिए । स्मिथको उक्त भनाई द एशेजको महत्व बुझ्न सकिन्छ ।

द एशेजकै लागि करोडको मूल्य छाडेर प्याट कमिन्स र स्टिभ स्मिथले आइपिएल नखेल्ने निर्णय लिएका थिए । यता बेन स्टोक्स कप्तान र ब्रेन्डम म्याकुलमको आगमनपछि इंग्ल्यान्डले सिमित ओभरको क्रिकेटमा जस्तै टेस्टमा पनि विष्फोटक ब्याटिङ अपनाएको छ । त्यसैको कारण टेस्ट इतिहासमै पहिलो पटक एकै दिन चार शतक र पाँच सयमाथि रन बनाउन सफल भएको छ ।

गत डिसेम्बरमा पहिलो दिन नै इंग्ल्यान्डले पाकिस्तानविरुद्ध ७५ ओभरमै ४ विकेटको क्षतिमा ५ सय ४ रन बनाएको थियो । ज्याक क्रली, बेन डकेट, ओली पोप र ह्यारी ब्रुकले पहिलो दिननै शतक हानेका थिए । विश्व टेस्ट क्रिकेटमा ठूलो परिवर्तन गरेको इंग्ल्यान्डको लागि द एशेज निकै महत्वपूर्ण छ ।

२०२२ को एजेश इंग्ल्यान्डको लागि सम्झन लायक थिएन । पाँच खेलको द एशेज सिरिज इंग्ल्यान्डले ४-० ले गुमाउनु पर्यो । इंग्ल्यान्ड पहिलो खेलमा ९ विकेट, दोस्रो खेलमा २ सय ७५ रन, तेस्रो टेस्टमा इनिङ अन्तरले १४ रन, चौथो टेस्ट ड्र र पाँचौं टेस्ट १ सय ४६ रनले हारेको थियो । त्यसैको कारण सानदार प्रदर्शन गरेपनि जो रुटले टेस्ट कप्तानी छाड्नु परेको थियो । इंग्ल्यान्डले कप्तान, प्रशिक्षक र सिइओलाई परिवर्तन गरेको थियो ।

त्यसपछि ब्रेन्डनम म्याकुलम मुख्य प्रशिक्षक र बेन स्टोक्स कप्तान बनेपछि इंग्ल्यान्डले विश्व क्रिकेटमै आफ्नो दबाब कायम राख्दै आएको छ । विश्वका सबै टोलीविरुद्ध विष्फोटक ब्याटिङ अपनाउँदै आएको छ । इंग्ल्यान्डको ब्याटिङ नै मुख्य हतियार हो । बेन डकेट र ज्याक क्रलीले ओपनिङ गर्नेछन् । ज्याक क्रली इंग्ल्यान्डमा ठुलो सम्भावना बोकेका खेलाडी हुन् । उनले लगातार राम्रो गर्दै आएका छन् । तेस्रो नम्बरमा ओली पोपलाई मैदान उतार्दै आएको छ । युवा ब्याटर ओली पोपले आयरल्यान्डविरुद्ध अघिल्लो साता २ सय ५ रन बनाएका छन् ।

इंग्ल्यान्डका पूर्व ब्याटर इयान बेलको झल्को दिने ओली पोप आक्रामक ब्याटिङका लागि चर्चित छन् । स्टोक्स र म्याकुलमको आगमनसँगै उनले उच्च प्रदर्शन गर्दै आएका छन् । चौथो नम्बरमा जो रुट हुनेछन् । वर्तमान विश्व टेस्ट क्रिकेटका एक सर्वोत्कृष्ट ब्याटर रुट इंग्ल्यान्डका खम्बा हुन् । रुटले १ सय ३० टेस्टमा २९ शतक र पाँच दोहोरो शतकसहित ११ हजार ४ रन बनाएका छन् । गतवर्ष सानदार प्रदर्शनका बाबजुद टोलीले हार्दा कप्तानी गुमाउनुको पिडाको बदला रुट लिन चाहन्छन् ।

ह्यारी ब्रुक पाँचौं नम्बरमा खेल्नेछन् । ब्रुक विष्फोटक ब्याटिङका लागि चर्चित छन् । उनले टेस्ट क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । ब्रुकले ७ टेस्टमा ४ शतकसहित ८ सय १८ रन बनाएका छन् । ब्रुक आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्न सक्छन् । छैटौं नम्बरमा जोनी बेयरस्टो रहनेछन् ।

बेयरस्टोको पहिचान नै विष्फोटक ब्याटिङ हो । गतवर्ष गल्फ खेल्दा घाइते भएका बेयरस्टोको आगमनले इंग्ल्यान्डको ब्याटिङ निकै मजबुत बनेको छ । उनी तल्लोक्रममा सर्वाधिक भरपर्दा ब्याटर हुन् । सातौं नम्बरमा बेन स्टोक्स रहनेछन् । विश्व क्रिकेटमा स्टोक्सको नाममै उनको परिचय दिन पर्याप्त छ । स्टोक्स अन्तिम समय सम्म लड्ने खेलाडी हुन् । उनी क्रिजमा टिक्दा एक्लै खेल जिताउन सक्छन् । २०१९ को एशेजको तेस्रो खेलमा लिड्समा १ सय ३५ रनको इनिङका साथ एकल जित दिलाएका थिए ।

नियमित स्पिनर ज्याक लेच घाइते भएपछि मोईन अली आएका छन् । अली पनि त्यतिनै राम्रो ब्याटिङ गर्दछन् । त्यसैले इंग्ल्यान्डको ब्याटिङमा निकै गहिराई छ । इंग्ल्यान्डले तीव्र गतिका बलरमा जिमी एन्डरसन, स्टुअर्ट ब्रोड र ओली रोविन्सनलाई मैदान उतार्ने छ । एन्डरसन विश्व टेस्ट क्रिकेटका सर्वाधिक सफल तीव्र गतिका बलर हुन् ।

एन्डरसनले १ सय ७९ टेस्ट खेलमा ६ सय ८५ विकेट लिएका छन् । उनको अनुभवको इंग्ल्यान्ड भरपूर्ण फाइदा उठाउन सक्छ । ब्रोडले १ सय ६२ टेस्टमा ५ सय ८२ विकेट लिएका छन् । एक दशक भन्दा बढी समयदेखी एन्डरसन र ब्रोड जोडीको रुपमा खेल्दै आएका छन् । उनीहरु अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् । उनी लगातार १० औं पटक एशेज खेल्दैछन् ।

यता अष्ट्रेलियाको ब्याटिङ र बलिङ त्यतिनै उत्कृष्ट छ । ओपनर डेविड वार्नर र उस्मान खवाजा हुनेछन् । वार्नर भने कमजोर लयका कारण केहि दबाबमा हुनेछन् । तेस्रो नम्बरमा मार्नस लाबुसेन हुनेछन् ।

लाबुसेन वर्तमान आइसिसी टेस्ट वरियताका नम्बर वान खेलाडी हुन् । स्टिभ स्मिथ वर्तमान टेस्ट क्रिकेटकै एक उत्कृष्ट ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । स्मिथले स्मिथले ९७ टेस्टमा ३१ शतक र ४ दोहोरो शतकसहित ८ हजार ९ सय ४७ रन बनाएका छन् । यसै साता भारतविरुद्ध फाइनलमा १ सय २१ रन बनाएका थिए ।

भारतलाई हराउन १ सय ६३ रनको सानदार शतकीय इनिङ खेलेका ट्रर्विस हेड इंग्ल्यान्डलाई घातक बन्नसक्छन् । इंग्ल्यान्डको तुलनामा अष्ट्रेलियाको तल्लोक्रम ब्याटिङ भने केहि कमजोर छ । युवा अलराउन्डर क्यामरन ग्रीन र एलेक्स केरी तल्लोक्रम सम्हाल्नेछन् । केरीले भारतविरुद्ध फाइनलमा राम्रो प्रदर्शन गरेका थिए ।

तीव्र गतिका बलरमा प्याट कमिन्स, मिचेल स्टार्क र स्कट बोलान्ड हुनेछन् । यी तीन तीव्र गतिको बलिङ आक्रामण खेल्न इंग्लिस ब्याटरलाई पक्कै सहज हुनेछैन । स्पिनरमा अनुभवी बलर नाथन लायन हुनेछन् ।

विश्वका दुई शीर्ष ब्याटर स्मिथ र जो रुटको ब्याटिङ दुबै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । दुबै टोलीको तीव्र गतिको बलिङ उत्कृष्ट छ । तुलनात्मक रुपमा इंग्ल्यान्डको ब्याटिङ भने निकै मजबुत र गहिराई देखिन्छ ।

इंग्ल्यान्ड घरेलु मैदान र दर्शकको भरपूर्ण फाइदा उठाउन चाहन्छ । स्मिथको इंग्ल्यान्डविरुद्ध राम्रो इतिहास छ । बिगतका ११ टेस्ट खेलमा स्मिथले इंग्ल्यान्डविरुद्ध ७ शतक हानेका छन् । जसमा दुई दोहोरो शतक समेत सामेल छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.