default_image

1 year ago

June 16, 2023

विश्वकप छनोट खेल्ने १० टोली, कप्तान र खेलाडीहरु

304 views

0 Bookmark

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोट आइतबारदेखी जिम्बावेमा सुरु हुँदैछ । आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउन १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ । १० टोलीबाट दुई टोलीले मात्रै भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । आफ्नो समूहबाट जाने टोलीको भने समूह चरणकै नतिजा गणना हुनेछ ।

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज र एक पटकको विश्वकप च्याम्पियन श्रीलंका उपाधिका प्रमुख दाबेदार हुन् ।

जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । नेपाल, स्कटल्यान्ड र ओमान आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलेका हुन् । अमेरिका र युएई लिग २ बाट घटुवा हुँदै प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

बाँकी पाँच टोली आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा रहँदै सोझै विश्वकप खेल्ने अवसर गुमाउँदै छनोट खेल्न लागेका हुन् । विश्वकप छनोटको लागि सबै सहभागी १० टोलीले आफ्नो अन्तिम टोली घोषणा गरेका छन् । ती टोलीमा भएका सबै खेलाडी र कप्तान यस प्रकार छन् ।

१. नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

२. श्रीलंकाको टोली :

दाशुन शानका (कप्तान), कुशल मेन्डिस (विकेटकिपर तथा उपकप्तान), दिमुथ करुणारत्ने, पाथुम निसांका, चरिथ असलंका, धनन्जय डि सिल्भा, सदिरा समराविक्रमा, वानिन्दु हसरंगा, चामिका करुणात्ने, दुश्मन्था चामिरा, कसुन रजिथा, लाहिरु कुमारा, महेश थिक्सेना, मथिसा पाथिराना र दुशान हेमन्था ।

३. वेस्टइन्डिजको टोली :

शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, बे्रन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरुन र रोमारियो शेफर्ड ।

४. जिम्बावेको टोली :

रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जाेंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।

५. अमेरिकाको टोली :

मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उपकप्तान), शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

६. युएईको टोली :

मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

७. नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।

८. स्कटल्यान्डको टोली :

रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।

९. ओमानको टोली :

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिन्दरसिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, सन्दीप गौड, आयन खान, सुरज कुमार, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जय ओडेरा र स्यामी श्रीभात्सव ।

१० आयरल्यान्डको टोली :

एन्ड्रयू बालबिर्नी (कप्तान), मार्क आदिर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डोकरेल, ग्राहम ह्यूम, जोश लिटिल, एन्डी म्याकबर्नी, ब्यारी म्याककार्थी, पिटर मुर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कान टर्कर, बेन ह्वाइट र क्रेग योंग ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.