2 years ago
June 16, 2023
एजेन्सी – कुनैपनि टोलीलाई जिताउन सबै ११ खेलाडीको प्रदर्शन त्यतिनै महत्वपूर्ण हुन्छ । क्रिकेटमा जितको लागि ब्याटिङ, बलिङ, फिल्डिङ, कप्तानी र टिम रणनीति सधैं महत्वपूर्ण हुन्छ । तर क्रिकेटमा एक खेलाडीको प्रदर्शनले भने धेरै फरक पार्छ ।
क्रिकेटमा ब्याटिङमा प्रमुख खेलाडीबाट टोलीले सधैं उच्च प्रदर्शनको आशा राखेको हुन्छ । एक खेलाडीले आफ्नो सानदार प्रदर्शनमा टोलीको जित सहज बनाउन सक्छ । क्रिकेटमा एउटा विकेटको महत्व सधैं हुन्छ । अझ प्रमुख खेलाडीको विकेटले सिंग्लो टोलीको नतिजामा नै फरक पार्ने गर्दछ ।
आइसिसी विश्वकप एकदिवसीय छनोट शनिबारदेखी जिम्बावेमा सुरु हुँदैछ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् ।
विश्वकप छनोटमा हरेक टोलीका प्रमुख खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । विश्वकप छनोट खेल्ने सबै १० टोलीका प्रमुख ब्याटर र उनीहरुको प्रदर्शन यस प्रकार छ ।
१. रोहित पौडेल– नेपाल
कप्तान रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । नेपालका सर्वाधिक भरपर्दा ब्याटर उनले मध्यक्रममा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपाललाई आइसिसी विश्वकप लिग-२ मा पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ विश्वकप छनोटमा पुर्याउन उनको प्रदर्शन र कप्तानी दुबै उत्कृष्ट थियो ।
रोहितले ४६ ओडिआई खेलमा १ शतक र ८ अर्धशतकसहित १ हजार ३ सय २६ रन बनाएका छन् । रोहित दबाब र महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गर्दछन् । लिग-२ मा घरेलु मैदान टियुमा स्कटल्यान्डविरुद्ध ९५ रनको अविजित इनिङ खेल्दै जित दिलाएका थिए ।
रोहितले २०२२ मा पपुवा न्युगिनीविरुद्ध खेलेको १ सय २६ रनको शतकीय इनिङ कुनैपनि नेपाली ब्याटरले एकै इनिङमा बनाएको उच्च योगफल हो । २० वर्षीय युवा खेलाडी रोहितसँग जिम्बावेमा राम्रो अनुभव छ । २०१८ को एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ओडिआई मान्यता दिलाउन उनले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
२. शाई होप– वेस्टइन्डिज
वेस्टइन्डिजका कप्तान शाई होप विश्वकप छनोटकै प्रमुख ब्याटर हुन् । आइसिसी विश्व वरियतामा ओडिआईको ब्याटिङतर्फ शाई होप १२ औं स्थानमा छन् । यस विश्वकपमा सर्वाधिक वरियताका ब्याटरमा पर्दछन् ।
विश्वकप खेल्ने १० टोलीबाट उनी ओडिआईमा सर्वाधिक शतक हान्ने खेलाडी हुन् । होपले ओडिआईमा १४ शतक हानेका छन् । वेस्टइन्डिजका खेलाडी टि२० शैलीमा बढी खेल्न रुचाउँछन् । तर होप ओडिआईका भरपर्दा ब्याटर हुन् । वेस्टइन्डिजको विश्वकप खेल्ने सपनामा होपको प्रदर्शन निकै महत्वपूर्ण निश्चित जस्तैछ ।
जिम्मेवारी र परिपक्क प्रदर्शन गर्ने हुँदा उनको विकेट लिन विश्वका स्टार बलरलाई समेत कठिन पर्दै आएको छ । होपले १ सय ८ ओडिआईमा १४ शतक र २१ अर्धशतकसहित कुल ४ हजार ४ सय ८८ रन बनाएका छन् । २०१९ मा आयरल्यान्डविरुद्ध उनले १ सय ७० रनको शतकीय इनिङ खेलेका थिए ।
उक्त प्रदर्शन करिअरको उत्कृष्ट प्रदर्शन हो । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका होपले यसै वर्ष दक्षिण अफ्रिकाविरुद्ध १ सय २८ र गतवर्ष भारतविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । वर्तमान समयका विश्वका सबै स्टार बलरविरुद्ध खेल्दै राम्रो प्रदर्शन गरेका हुँदा होप यस प्रतियोगितामा नायक बन्न सक्छन् ।
३.कुशल मेन्डिस– श्रीलंका
श्रीलंकका कुशल मेन्डिस विश्वकप छनोट खेल्ने अर्का ठूला स्टार खेलाडी हुन् । कुशलले ९८ ओडिआई खेलमा २ शतक र २१ अर्धशतकसहित कुल २ हजार ७ सय ५४ रन बनाएका छन् ।
कुशल आक्रामक ब्याटिङका लागि चिनिन्छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका उनले टेस्टमा ९ शतकसहित झन्डै ४ हजार रन बनाएका छन् । श्रीलंकालाई विश्वकपमा पुर्याउनको कुशलको प्रदर्शन निकै महत्वपूर्ण हुने देखिन्छ ।
४. पल स्ट्रर्लिङ – आयरल्यान्ड
आयरल्यान्डका सर्वाधिक अनुभवी ब्याटर पल स्ट्रर्लिङ टोलीका प्रमुख ब्याटर हुन् । उनी यस विश्वकप छनोटमा वेस्टइन्डिजका होपपछि सर्वाधिक ओडिआईमा १३ शतक प्रहार गर्ने ब्याटर हुन् ।
३२ वर्षीय उनले आयरल्यान्डबाट १ सय ४८ ओडिआई खेलमा १३ शतक र २७ अर्धशतकसहित कुल ५ हजार ३ सय ३४ रन बनाएका छन् । विश्वकप छनोट खेल्ने खेलाडीमा उनी ओडिआईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।
स्ट्रर्लिङ विष्फोटक ब्याटिङ गर्न बढी रुचाउँछन् । उनी केहि समय क्रिजमा टिक्दा आयरल्यान्डको जित सहज बन्नसक्छ । आफ्नो एकल प्रदर्शनमा जित सहज बनाउन सक्छन् ।
५ बास डी लिडे – नेदरल्यान्ड्स
नेदरल्यान्ड्सका युवा खेलाडी बास डि लिडे प्रमुख ब्याटर हुन् । उनी काउन्टी च्याम्पियनसिपको कारण सिधै विश्वकप छनोट खेल्न आउनेछन् । नेदरल्यान्ड्सका प्रमुख खेलाडीले काउन्टीको कारण विश्वकप छनोट खेल्न पाउने छैनन् ।
तर उनलाई काउन्टी टोली धुरमले विश्वकप छनोटको लागि छाड्ने भएको छ । यसै साता उनले काउन्टीका ग्लेमोर्गनविरुद्ध ८५ रनको अविजित इनिङ खेलेका थिए ।
२३ वर्षीय लिडेले नेदरल्यान्ड्सबाट २३ ओडिआई खेलमा ४ सय ८० रन बनाएका छन् । नेदरल्यान्ड्स र काउन्टी दुबैमा सानदार प्रदर्शन गर्दै आएका लिडेको उच्च प्रदर्शनमा नेदरल्यान्ड्स सुपर सिक्समा स्थान बनाउने लक्ष्यका साथ जिम्बावेमा छ ।
६. क्रेग इर्विन– जिम्बावे
घरेलु टोली जिम्बावेका कप्तान क्रेग इर्विन टोलीका प्रमुख ब्याटर हुन् । ३७ वर्षीय इर्विनले जिम्बावेबाट १ सय १० ओडिआई खेलमा ३ शतक र १८ अर्धशतकसहित कुल ३ हजार ३५ रन बनाएका छन् ।
घरेलु मैदान र कन्डिसनको बारे थाहा हुँदा उनले विश्वकपमा थप सानदार प्रदर्शन गर्नसक्छन् । उनी उच्च लयमा छन् । अघिल्लो महिना उनले पाकिस्तान ए विरुद्ध १ सय ९५ र १ सय ६१ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
७. रिची बेरिंग्टन – स्कटल्यान्ड
स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन प्रमुख ब्याटर हुन् । ३६ वर्षीय बेरिंग्टनले १ सय ५ ओडिआई खेलमा ३ शतक र १६ अर्धशतकसहित कुल २ हजार ६ सय ३७ रन बनाएका छन् ।
उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् । डेढ दशकदेखि स्कटल्यान्डको टोलीबाट खेल्दै आएका बेरिंग्टन आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई सुपर सिक्समा पुर्याउने लक्ष्य राख्नेछन् ।
८. वृत्य अरविन्द– युएई
युवा स्टार वृत्य अरविन्द युएईका प्रमुख ब्याटर हुन् । वृत्यले युएईको टोलीबाट लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । उनले ४९ ओडिआई खेलमा २ शतक र ८ अर्धशतकसहित १ हजार ५ सय ३६ रन बनाएका छन् ।
वृत्य उमेरले २१ वर्ष भएका छन् । तर युएईको ब्याटिङ बढी निर्भर छन् । महत्वपूर्ण खेलमा वृत्यले सधैं उच्च प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता उनले वेस्टइन्डिजविरुद्ध तीन खेलको ओडिआई सिरिजमा ४०, ३६ र ७० रन बनाएका थिए । युएईको मध्यक्रम ब्याटिङ कमजोरीको रुपमा छ । वृत्यको प्रदर्शनले युएईको मध्यक्रम ब्याटिङ निर्भर हुनेछ ।
९.जिशान मकसुद – ओमान
ओमानका कप्तान जिशान मकसुद टोलीका प्रमुख खेलाडी हुन् । बायाँ हाते ब्याटर मकसुदले ओमानको टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले ३७ ओडिआई खेलमा २ शतक र ५ अर्धशतकसहित १ हजार २१ रन बनाएका छन् ।
मध्यक्रममा दबाबको खेलमा वा खराब सुरुवात गर्दा पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । वार्मअप खेलमा नेपालविरुद्ध ओमान ७-४ को दयनीय अवस्थामा पुग्दा उनले १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । पाकिस्तानमा जन्मिएर ओमानबाट खेल्दै आएका उनीसँग अनुभव पनि राम्रो छ ।
१०. मोनांक पटेल–अमेरिका
भारतीय मुलका ब्याटर तथा कप्तान मोनांक पेटल टोलीका प्रमुख खेलाडी हुन् । ३० वर्षीय पटेलले अमेरिकाबाट ४३ ओडिआई खेलमा १ हजार ३ सय ७० रन बनाएका छन् ।
शीर्षक्रममा पटेलले अमेरिका टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले भारतीय घरेलु टोली गुजरातबाट यू१९ क्रिकेट खेलेका थिए । त्यहाँ राम्रो अवसर नपाएपछि अमेरिकाबाट खेल्न थालेका हुन् ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]