default_image

1 year ago

June 16, 2023

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्दै

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । नेपाल र जिम्बावेबीचको खेल आइतबार हरारे स्पोर्ट्स क्लबमा दिउँसो १२ ः ४५ मा खेल्नेछ ।

उक्त खेल नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्नेछ । नेपालले २०१८ मा जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै ओडिआई मान्यता पाएको थियो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेको थियो ।

नेपालले हालसम्म ५१ ओडिआई खेल खेलेको छ । सबै एसोसिएट टोलीविरुद्ध छन् । नेपालले सर्वाधिक धेरै युएईसँग १४ खेल खेलेको छ । नेपाल ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । नेपालले पपुवा न्युगिनीसँग १० ओडिआई खेल खेलेको छ । नेपालको पपुवा न्युगिनीविरुद्ध ८ मा जित र २ मा हार छ ।

नेदरल्यान्ड्ससँग २ र ओमानसँग ७ ओडिआई खेल खेलेको छ । नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग नेपालले समान ६–६ ओडिआई खेल खेलेको छ । नेपालले खेलेका ५१ ओडिआईमा २८ मा जित, २१ मा हार, एक खेल टाई र एक वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

नेपालले टि२० आईमा भने टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र बंगलोदशसँग खेली सकेको छ । नेपालले विश्वकप छनोटमा दुई टेस्ट टोली जिम्बावे र वेस्टइन्डिजसँग खेल्ने पक्काछ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् । नेपालले वेस्टइन्डिजसँग भने २२ जुनमा खेल्नेछ । वेस्टइन्डिज नेपालले खेल्ने सबैभन्दा ठूलो टेस्ट टोली हुनेछ ।

प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.