default_image

1 year ago

June 16, 2023

भारतको हातमा नेपालको भविष्य!

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा शनिबार घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार शनिबार बिहान ६: ४५ मा हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित हुँदा भारतसँग वर्षाको कारण अंक बाँडेको थियो ।

नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । उता हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ । भारतको नेटरनरेट ५.४२५ छ । उक्त नेटरनरेट भेटाउन असम्भव जस्तैछ ।

त्यसैले भारतको सेमिफाइनल अनौपचारिकताछ । पाकिस्तानको नेटरनरेट ०.४५० र नेपालको माइनस ०.४५० छ । नेपाल सेमिफाइनलमा पुग्न पहिला शनिबार घरेलु टोली हङकङमाथि विशाल जितको आवश्यक पर्दछ । पाकिस्तानलाई नेटरनरेटमा पछिपार्न सक्नुपर्छ । नेपालको नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन । यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा नेपालको भविष्य भारतको हातमा हुनेछ ।

भारत र पाकिस्तानबीच शनिबार दोस्रो खेल हुनेछ । उक्त खेलमा पाकिस्तान विजयी हुँदा नेपालको सम्भावना सकिने देखिन्छ । त्यसैले नेपाललाई पाकिस्तानको हार आवश्यक पर्दछ । पाकिस्तान पराजित हुँदा नेपाल सेमिफाइनलमा पुग्नसक्छ । अथवा नेपाल अन्तिम खेलमा सामान्य अन्तरले विजयी हुँदा र पाकिस्तान भारी अन्तरले पराजित भएमा सेमिफाइनलमा पुग्न सक्छ । नेपाल पराजित भएमा भने स्वत बाहिरिनेछ ।

समूह बी मा बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा श्रीलंकाले समूह ए को विजेता र बंगलोदशले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह बी मा युएई ३ खेलमा समान १ मा जित, नजिता विहीन र हारका साथ ३ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसिया भने ३ खेलमा २ मा हार र १ खेलमा नतिजा विहीन हुँदै बाहिरियो ।

नेपाल र हङकङबीच तीन डब्लूटि२० आई खेल भएका छन् । नेपाल एक खेलमा मात्रै विजयी भएको छ । गतवर्ष जुनमा एसिसी वुमन्स टि२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो । जितको लागि १ सय १० रनको विजयी लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । पछिल्ला दुबै खेलमा नेपाल हङकङसँग पराजित हुन पुगेको थियो ।

हङकङकी मारिको हिल स्टार ब्याटर हुन् । उनको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । उनले ३९ डब्लूटि२० आई ७ सय ५५ रन बनाएकी छिन् । नताशा मिल्स र कप्तान क्यारी चान पनि प्रमुख ब्याटर हुन् । यता नेपाली महिला खेलाडीको फिटनेश प्रमुख समस्या हो ।

पहिलो खेलमा पाकिस्तानलाई ८७ रनमा अल आउट गरेर उक्त लक्ष्य पूरा गर्न सकेको थिएन । त्यसको मुख्य कारण फिटनेश थियो । नेपालकी कविता कुँवरले पाकिस्तानविरुद्ध लगातार योर्कर फ्याँलेकी थिइन् । उनीबाट नेपाल त्यस्तै प्रदर्शन चाहन्छ । कप्तान रुविना र अनुभवी खेलाडी सीता रानामगरबाट नेपाल उत्कृष्ट ब्याटिङ चाहन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.