default_image

1 year ago

June 17, 2023

हङकङविरुद्ध खेल रद्द भएसँगै नेपाल बाहिरियो

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको छ । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडेका थिए । नेपालको खेल रद्द हुँदा समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो । भारतसँग भने वर्षाकै कारण अंक बाँड्नु परेको थियो ।

नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । अव केहि समयमा भारत र पाकिस्तानबीच खेल हुँदैछ । जसबाट समूह विजेता र उपविजेता निर्धारण हुनेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

समूह बी मा बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा श्रीलंकाले समूह ए को विजेता र बंगलोदशले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह बी मा युएई ३ खेलमा समान १ मा जित, नजिता विहीन र हारका साथ ३ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसिया भने ३ खेलमा २ मा हार र १ खेलमा नतिजा विहीन हुँदै बाहिरियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.