default_image

1 year ago

June 17, 2023

यस्तो छ विश्वकप छनोटमा नेपालको इतिहास

183 views

0 Bookmark

एजेन्सी – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा हालसम्म दुई संस्करण मात्रै खेलेको छ । नेपालले २०१४ मा न्युजिल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा डेब्यू गरेको थियो । त्यसै प्रतियोगितामार्फत नेपाली खेलाडीले लिष्ट ए मा डेब्यू गरेका थिए ।

नेपालले हालसम्म विश्वकप छनोटमा दुई संस्करण मात्रै खेलेको छ । २०१४ र २०१८ को विश्वकप छनोटमा गरि नेपालले कुल १२ खेल खेलेको छ । जसमा नेपालको जित ३ र हार ९ छ । आइसिसी एकदिवसीय विश्वकप छनोट २०१८ मा नेपालले मात्रै दुई जितले ओडिआई मान्यता पाएको थियो । नेपालले खेलेका दुबै संस्करणमा पहिलो चरणबाटै बाहिरिएको छ ।

यस्तो थियो २०१४ मा नेपालको प्रदर्शन

२०१३ मा डिभिजन थ्रीको उपाधि जितेपछि नेपालले पहिलो पटक एकदिवसीय विश्वकप छनोट खेल्न पाएको थियो । त्यो नेपालले खेलेको सबैभन्दा ठूलो स्तरको क्रिकेट थियो । उक्त विश्वकप छनोटमा नेपाल समूह चरणका सबै चार खेलमा पराजित हुन पुगेको थियो । समूह ए मा नेपाल, स्कटल्यान्ड, हङकङ, युएई र क्यानडा थिए ।

नेपाल पहिलो खेलमा युएईसँग १ सय २ रनको फराकिलो अन्तरले पराजित भएको थियो । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४८.१ ओभरमा १ सय ९५ रनमा अल आउट हुन पुगेको थियो । नेपालको तर्फबाट सर्वाधिक धेरै शरद भेषावकरले ५४ रन बनाउँदा सोमपाल कामीले तीन विकेट लिएका थिए ।

नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग ९० रनले पराजित भएको थियो । जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १ सय ५९ रनमा अल आउट भएको थियो । नेपाल हङकङसँग १० विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य हङकङ ३३.२ ओभरमा पूरा गरेको थियो ।

नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । जितको लागि २ सय ५५ रनको लक्ष्य पछ्याउनेक्रममा निर्धारित ४१ ओभरमा ८ विकेट गुमाउँदै २ सय ४३ रन मात्रै बनाएको थियो । नेपाल नेदरल्यान्ड्ससँग प्लेअफमा ७ विकेटले पराजित भएको थियो । नवौं स्थानको लागि भएको खेलमा नेपालले युगान्डालाई १ सय ६० रन हराएको थियो ।

२०१८ को विश्वकप छनोटमा नेपालको प्रदर्श

२०१८ को एकदिवसीय विश्वकप छनोटमा नेपालले डिभिजन टु को फाइनलमा स्थान बनाउँदै पाएको थियो । नेपाल, जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ समूह ए मा थिए ।

नेपाल पहिलो खेलमै जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । सिकन्दर राजाले ६६ बलमा ९ छक्कासहित १ सय २३ र ब्रेन्डन टेलरले ९१ बलमा १ सय रन बनाएपछि जिम्बावेले ३ सय ८१ रनको लक्ष्य दिएको थियो ।

उक्त विजयी लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाउँदै २ सय ६४ रन बनाएको थियो । नेपालका शरद भेषावकर ५२ र आरिफ शेखले ५० रन बनाएका थिए । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो ।

अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित भएको थियो । नेपाल ४९.५ ओभरमा १ सय ९४ रनमा अल आउट भएको थियो । पारस खड्काले सर्वाधिक ७५ रन बनाएका थिए । अफगानिस्तानले उक्त लक्ष्य ३८.४ ओभरमा पूरा गरेको थियो । नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । त्यसैको कारण प्लेअफ खेल्दै ओडिआई मान्यता पाउने सम्भावना कायमै रहेको थियो ।

नेपालको जितको कारण अफगानिस्तान मात्रै दुई अंकका साथ तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको थियो । हङकङलाई हराउन रोहित पौडेलले ४४ रन बनाएका थिए । अफगानिस्तानको विश्वकप खेल्ने आशा कायम राखेपछि तत्कालिन अफगानी कप्तान अस्गर अफगानले रोहितलाई ब्याट उपहार दिएका थिए । सुपर सिक्समा शीर्ष दुईमा रहँदै उपाधिका साथ अफगानिस्तानले विश्वकप खेलेको थियो ।

नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै २०१८ मार्च १५ मा ओडिआई मान्यता पाएको थियो । नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित हुँदै आठौं स्थानमा विश्वकप छनोट यात्रा समाप्त गरेको थियो ।

यस पटक पनि जिम्बावेमा नै विश्वकप छनोट हुँदैछ । आइतबार देखी सुरु हुने विश्वकप छनोटको समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । नेपालले आइतबार जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपाल पहिलो पटक सुपर सिक्समा स्थान बनाउन चाहन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.