default_image

1 year ago

June 17, 2023

रोहित सबैभन्दा कान्छा कप्तान

170 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ मा सबैभन्दा कान्छा कप्तानको रुपमा छन् । रोहित २० वर्ष २ सय ८८ दिनका छन् । विश्वकप छनोट खेल्ने अन्य ९ टोलीका कुनैपनि कप्तान २५ वर्षभन्दा कमका छैनन् ।

रोहितपछि कान्छा कप्तान नेदरल्यान्ड्सका छन् । नेदरल्यान्ड्सका स्कट एड्वार्ड्स २६ वर्ष २ सय ९८ दिनका भएका छन् । एड्वार्ड्स नेदरल्यान्ड्सका भरपर्दा ब्याटर हुन् । युएईका कप्तान मोहम्मद वासिम २९ वर्ष १ सय २५ दिनका भएका छन् । वेस्टइन्डिजका शाई होप २९ वर्ष २ सय १९ दिनका भएका छन् ।

अमेरिकाका मोनांक पटेल ३० वर्ष ४७ दिनका भएका छन् । श्रीलंकाका कप्तान दासुन शानका ३१ वर्ष २ सय ८१ दिनका भएका छन् । आयरल्यान्डका कप्तानी एन्डी बालबर्नी ३२ वर्ष १ सय ७१ दिनका भएका छन् । ओमानका जिशान मकसुद ३५ वर्ष २ सय ३६ दिनका भएका छन् ।

स्कटल्यान्डका रिची बेरिंग्टन ३६ वर्ष ७४ दिनका भएका छन् । जिम्बावेका क्रेग इर्विन सबैभन्दा बढी उमेर भएका कप्तान हुन् । इर्विन ३७ वर्ष ३ सय २ दिनका भएका छन् ।

युएईका १७ वर्षीय युवा ब्याटर एथान डी सोल्झा यस प्रतियोगिता खेल्ने सर्वाधिक कान्छा उमेरका खेलाडी हुन् । सोल्झापछि आयन खान छन् । आयन खान १७ वर्ष २ सय ९ दिनका भएका छन् ।

नेदरल्यान्ड्सका वेस्ली ब्यारेसी यस प्रतियोगिता खेल्ने सर्वाधिक अनुभवी खेलाडी हुन् । डच खेलाडी ब्यारेसी ३९ वर्ष ४५ दिनका भएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.