3 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर किशोर महतो आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालको अन्तिम १५ सदस्य टोलीबाट बाहिरिएका छन् ।

नेपाल तीन साता अघि १६ सदस्य टोलीका साथ दक्षिण अफ्रिका हुँदै जिम्बावे पुगेको थियो । आइसिसीको नियम अनुसार कुनैपनि प्रतियोगितामा १५ खेलाडी भन्दा बढी खेलाडी राख्न पाइदैन । १५ खेलाडीको लिष्टबाट किशोर महतो बाहिरिएका छन् ।
नेपालले विकेटकिपर अर्जुन साउदलाई भने अन्तिम १५ मा समेटेको छ ।
एसिसी प्रिमियर कप विजेता १४ सदस्य टोलीलाई नेपालले निरन्तरता दिएकोछ । नेपालले पहिलो खेलमा जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ । खेलको समयमा नेपालका कप्तान रोहित पौडेलले ज्ञानेन्द्र मल्ल, ललितनारायण राजवंशी, प्रतिश जि.सी र अर्जुन साउद बेन्चमा रहेको बताएका छन् । आइसिसीको अन्तिम १५ को लिष्टमा पनि किशोर छैनन् ।
नेपालको अन्तिम १५ सदस्य टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद (विकेटकिपरं) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]