default_image

8 months ago

June 18, 2023

पावर प्लेमा नेपाललाई एक विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध पहिलो सफलता दिलाएका छन् । जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले १० ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरे […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध पहिलो सफलता दिलाएका छन् । जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले १० ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।

सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरे । उनले २९ बलमा ५ चौका प्रहार गरे । कप्तान ब्रेग इर्विन २९ बलमा ४ चौकासहित २२ रनमा अविजित छन् । उनलाई युवा ब्याटर वेस्ली मधेभेरेले साथ दिनेछन् ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए ।

अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१।५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

February 25, 2024

नेपालले टस हार्यो, टोलीमा २ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]

February 24, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- अर्किड समूह विजेता

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]

February 24, 2024

बिर्तामोडलाई अन्तरपालिका क्रिकेट उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित […]

Success

Thank you for your time.