2 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर गुलशन झाले आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेविरुद्ध दोस्रो विकेट लिएका छन् । जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले २४ ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनाएको छ ।

कप्तान क्रेग इर्विन ७६ बलमा ७ चौका र १ छक्कासहित ६१ रनमा क्रिजमा छन् । उनलाई सेन विलियम्सले १ रनमा साथ दिएका छन् । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरे । उनले २९ बलमा ५ चौका प्रहार गरे ।
कप्तान ब्रेग इर्विन २९ बलमा ४ चौकासहित २२ रनमा अविजित छन् । उनलाई युवा ब्याटर वेस्ली मधेभेरेले साथ दिनेछन् । गुलशन झाको १७ औं ओभरको पहिलो बलमा करण केसीले वेस्लीको २० रनमा क्याच छाड्न पुगेका थिए ।
गुलशनको २४ औं ओभरको दोस्रो बलमा वेस्ली ३२ रनमा क्याच आउट भए । ठूलो सट खेलका उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । दोस्रो विकेटका लागि वेस्ली र क्रेग इर्विनले ९२ बलमा ८२ रनको साझेदारी गरेका थिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए ।
अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१।५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]