3 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान क्रेग एर्विन र सेन विलियम्सको शतकमा जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई ८ विकेटले हराएको छ । जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

जिम्बावेको जितमा क्रेग इर्विनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहे । सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे । तेस्रो विकेटका लागि एर्विन र विलियम्सले १ सय २५ बलमा १ सय ६४ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए ।
सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरे । उनले २९ बलमा ५ चौका प्रहार गरे । गुलशन झाको १७ औं ओभरको पहिलो बलमा करण केसीले वेस्लीको २० रनमा क्याच छाड्न पुगेका थिए । गुलशनको २४ औं ओभरको दोस्रो बलमा वेस्ली ३२ रनमा क्याच आउट भए ।

ठूलो सट खेलका उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । दोस्रो विकेटका लागि वेस्ली र क्रेग इर्विनले ९२ बलमा ८२ रनको साझेदारी गरेका थिए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् । गुलशन झा र सोमपाल कामीले समान एक एक विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।
नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिएपनि टोलीको जित दिलाउन सकेनन् । उनी स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा योर्कर बलमा बोल्ड आउट भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।

अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१।५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उनीहरु आउट भएपछि नेपालले बाँकी १८.१ ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो । त्यो नै हारको एक कारण बन्यो ।
उक्त साझेदारी नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।
एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए । तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । उक्त क्याच जिम्बावेलाई ठूलो भारी पर्यो । सूर्यको कारण चताराले कुशल मल्लको क्याच शून्यमा छाड्न पुगेका थिए ।
कुशल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । कुशल चताराको बलमा मिडअनमा क्रेग इर्विनबाट क्याच आउट भए । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए ।
भीम सार्की गोल्डेन डक आउट भए । नेपालले पाँच रन पेनाल्टी समेत पाएको थियो । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६र आरिफ शेख १० रनमा आउट भए । करण केसी २ रनमा नट आउट रहे ।
जिम्बावेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक एक विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।
समूह ए : नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका
समूह बी : श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई
हेड टु हेड :
नेपालले जिम्बावेसँग एक लिष्ट ए र दुई टि२० आई खेल खेलेका छ । नेपालले कुनैपनि खेलमा जिम्बावेलाई हराउन सकेको छैन ।
नेपालको खेल तालिका, समय र मिति
असार ५ (जुन २०) – नेपालविरुद्ध अमेरिका, ताकाशिंगा स्पोर्ट्स क्लब
असार ७ (जुन २२) – नेपालविरुद्ध वेस्टइन्डिजः हरारे स्पोर्ट्स क्लब
असार ९ (जुन २४) – नेपालविरुद्ध नेदरल्यान्ड्स, ताकाशिंगा स्पोर्ट्स क्लब
समय : सबै खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सुरुहुनेछन् ।
यदि नेपाल सुपर सिक्समा पुग्न नसकेको खण्डमा प्लेअफमा बाँकी दुई खेल खेल्न पाउनेछ । छैटौं देखी १० औं सम्मको लागि प्लेअफ हुनेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]