2 years ago
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ओडिआई क्रिकेटमा लगातार ३३ इनिङ पछि विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध विकेट विहीन बनेसँगै उक्त यात्रा समाप्त भएको हो ।

जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् । यसअघि सन्दीप पछिल्लो पटक २०२० फेब्रुअरी ९ मा ओमानविरुद्ध टियु मैदानमा विकेट विहीन बनेका थिए । उक्त खेलमा सन्दीपले १० ओभरमा ६५ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।
त्यसै सिरिजमा ओमानविरुद्ध १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर विकेट लिन सकेका थिएनन् । सन्दीपले बलिङ गरेका यी दुई बाहेक अन्य सबै खेलमा विकेट लिएका छन् । सन्दीपको यो ओडिआई करिअरको दोस्रो खराब प्रदर्शन हो ।
यसअघि आइसिसी विश्वकप लिग२ को अन्तिम खेलमा केहि महिना अघि टियु मैदानमा युएईविरुद्ध १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएका थिए । उक्त प्रदर्शन नै सन्दीपको ओडिआईमा सवैभन्दा खराब प्रदर्शन हो ।
सन्दीपले ४३ ओडिआई इनिङमा १ सय ४ विकेट लिएका छन् । सन्दीपले खेलेका ४४ खेल मध्य एक इनिङमा मात्रै बलिङ गरेका छैनन् । आइसिसी विश्वकप लिग २ मा ओमानविरुद्ध नै सन्दीपले पेटमा समस्याको कारण २०२१ मा बलिङ गरेका थिएनन् ।
सन्दीप ओडिआईमा सर्वाधिक धेरै ३३ इनिङमा लगातार विकेट लिने पहिलो खेलाडी हुन् । सन्दीपपछि ओडिआईमा लगातार २६ पटक अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर ब्रेटले लिएका थिए ।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]