2 years ago
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । दुवै टोली पहिलोे जितको सोचमा हुनेछन् । नेपाल र अमेरिकाबीच हालसम्म ६ ओडिआई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा जित, २ मा हार र १ खेल टाई भएको छ । नेपाल र अमेरिकाबीच सबै ६ खेल आइसिसी विश्वकप लिग २ मा भएका थिए । नेपालले समान दुई खेल टियु, ओमान र अमेरिकामा खेलेको थियो ।
यस्तो छ नतिजा
२०२० फेब्रुअरीमा नेपालले दुबै खेलमा अमेरिकालाई घरेलु मैदान टियुमा पराजित गरेको थियो । पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । कुशल मल्लले ५० र विनोद भण्डारीले ५९ रन बनाएपछि नेपालले १ सय ९० रन बनाएको थियो । करण केसीले ४ विकेट लिएपछि अमेरिका १ सय ५५ रनमा अल आउट भएको थियो ।
टियुमा दोस्रो खेलमा सन्दीप लामिछानेले ६ र सुशान भारीले ४ विकेट लिएपछि अमेरिका ३५ रनमा अल आउट भएको थियो । जुन ओडिआईमा संयुक्त रुपमा सवैभन्दा कम योगफल हो । श्रीलंकासँग जिम्बावे ३५ रनमा अल आउट भएको थियो ।

२०२१ मा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । २ सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेलले ८४ र रोहित पौडेलले ६२ रन बनाएका थिए । ओमानमा दोस्रो खेलमा भने नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
१ सय ७५ रनको विजयी लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका स्टिभ टेलरले ६३ बलमा ९२ रनको इनिङ खेलेका थिए ।
घरेलु टोली अमेरिकासँग पहिलो खेलमा नेपाल ३९ रनले पराजित भएको थियो । दास्रो खेल भने टाई भएको थियो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका आसिफ शेख ६१, देव खनाल ५४ र रोहित पौडेल ६२ रनमा बनाएका थिए । अमेरिकाका लागि स्टिभ टेलर १ सय १४ र मोनांक पटेलले ८५ रन बनाएका थिए । अन्तिम ओभरमा जितको लागि ६ रन चाहिँदा आदिल खानले पाँच रन खर्चेर एक रन आउटसहित दुई विकेट लिएपछि खेल टाई भएको थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]