2 years ago
June 19, 2023
एजेन्सी – स्पिनर वानिन्दु हसरंगाको ६ विकेटको सहयोगमा श्रीलंकाले आइसिसि एकदिवसीय विश्वकप छनोटमा युएईमाथी १ सय ७५ रनको फराकिलो जित हात पारेको छ ।

जितको लागि ३ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १ सय ८० रनमा अल आउट भयो । युएईका कप्तान मोहम्मद वासिम र वित्य अरबिन्दले समान ३९ रन बनाए ।
एक समय युएई १६ ओभरमा ८१-१ को बलियो अवस्थामा थियो । वासिम ४८ बलम ५ चौका र १ छक्कासहित हसरंगाको बलमा आउट भएपछि लगातार विकेट गुमाएको थियो ।
अलि नासिर ३२ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । रमिह शाहजाद २६ र आसिफ खानको ८ रनमा आउट भए ।
श्रीलंकाका वानिन्दु हसरंगाले ८ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५५ रन बनाएको थियो ।
श्रीलंकाका कुशल मेन्डिसले ६३ बलमा १० चौकासहित सर्वाधिक ७८ रनको योगदान दिए । सदिरा समाराविक्रामाले ६४ बलमा ९ चौकासहित ७३ रन बनाउँदै रन आउट भए । तेस्रो विकेटका लागि कुशल र सदिराले १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए ।
श्रीलंकालाई ओपनर पाथुम निसांका र दिमुथ करुणारत्नेले ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिमुथ ५४ बलमा ७ चौकासहित ५२ रनमा आउट भए । स्पिनर आयन खानको बलमा उनी एलबीडब्लू आउट हुन पुगे । निसांका ७६ बलमा ५ चौकासहित ५७ रनमा बासिल हामिदको बलमा बोल्ड हुन पुगे ।
चरिथ असालंका २३ बलमा ५ चौका र २ छक्कासहित ४८, कप्तान दासुन शानका १ र धनन्जय डि सिल्भा ५ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ३ चौकासहित २३ रनमा नटआउट रहे ।
युएईका युवा तीव्र गतिका बलर अली नासिरले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान एक विकेट लिए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]