3 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध खेल गुमाउने भएका छन् ।

आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएको बुझिएको छ । नेपाली क्रिकेट टोलीको स्रोतले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार सोमपालले आजको खेल गुमाउने पक्का भएको छ ।
३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । कप्तान रोहितसँग केहि कुरा गरेपछि सोमपालले मैदान छाडेका थिए । सोमपालले बाँकी तीन बल गर्न नसकेपछि आरिफ शेखले उक्त ओभर पूरा गरेका थिए ।
उनको स्थानमा मैदानमा फिल्डिङ गर्न ज्ञानेन्द्र मल्ल आएका थिए । सोमपाल खेल्न नसक्दा नेपालको बलिङ आक्रामण झनै कमजोर बन्नसक्छ । उनी नहुँदा बलिङमात्रै होईन नेपालको तल्लोक्रम ब्याटिङ कमजोर हुनेछ । सोमपालले पछिल्लो समय फिनिसिङमा राम्रो भूमिका निर्वाह गर्दै आएका थिए । उनको स्थानमा नेपालले ललितनारायण राजवंशी र प्रतिश जि.सी मध्य एकलाई खेलाउन सक्छ ।

किशोर महतो नेपालको अन्तिम १५ सदस्य टोलीमा छैनन् । यदि २४ घण्टा अघि आइसिसी र प्रतियोगिता टेक्निकल कमिटीलाई जानकारी दिएको खण्डमा भने किशोर पनि खेल्न सक्छन् । पछिल्लो समय लगातार राम्रो प्रदर्शन गरेको हुँदा ललित खेल्ने सम्भावना छ । तर सोमपाल नहुँदा करण केसी र गुलशन झा नेपालको प्रमुख तीव्र गतिका बलर हुनेछन् ।
जसले गर्दा बलिङ आक्रामण झनै कमजोर हुनसक्छ । तीव्र गतिका बलर सहयोगी पिच भएमा प्रतिश र किशोर मध्य एकलाई मैदान उतार्नेछ । नेपाल र अमेरिकाबीच खेल दिउँसो १२ः ४५ मा ताकशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै कुशल भुर्तेलको ९९ र आसिफ शेखको ६६ रनको सहयोगमा २ सय ९० रन बनाएपनि पराजित हुन पुगेको थियो । अन्तिम तीनमा रहेर समूह ए बाट सुपर सिक्समा पुग्न नेपाललाई यस खेल जित्नै पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]