default_image

2 years ago

June 20, 2023

जिम्बावेलाई नेदरल्यान्ड्सको विशाल लक्ष्य

272 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा घरेलु टोली जिम्बावेलाई ३ सय १६ रनको विशाल विजयी लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १५ रन बनायो ।

नेदरल्यान्ड्सका ओपनर विक्रमजित सिंहले १ सय ११ बलमा ९ चौकासहित सर्वाधिक सर्वाधिक ८८ रनमा आउट भए ।
त्यस्तै कप्तान स्कट एड्वार्ड्सले ७२ बलमा ८ चौकासहित ८३ रनमा आउट भए ।

नेदरल्यान्ड्सलाई ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले २०.२ ओभरमा १ सय २० रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । म्याक्स ओडाउड ६७ बलमा १० चौकासहित ५९ रनमा आउट भए ।

वेस्ली ब्यारेसी ४ रनमा आउट भए । बास डि लिडे पनि चार रनमै आउट भए । यी तीनै खेलाडी सिकन्दर राजाको बलमा बोल्ड आउट हुन पुगेका थिए । तेस्रो विकेटका लागि विक्रम र स्कटले ९७ बलमा ९६ रनको सानदार साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

सकिब जुल्फिकर ३१ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । जिम्बावेका सिकन्दर राजाले १० ओभरमा ५५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रिचर्ड नागारावाले ९ ओभरमा २ मेडनसहित ४० रन खर्चेर २ विकेट लिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.