2 years ago
June 20, 2023
एजेन्सी – अलराउन्डर सिकन्दर राजाले छक्काको वर्षा गराउँदै कीर्तिमानी शतक प्रहार गरेपछि जिम्बावेले आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितका साथ जिम्बावे समूह ए को शीर्ष स्थानमा रहँदै सुपर सिक्स सम्भावना बलियो बनाएको छ ।

जितको लागि ३ सय १६ रनको विशाल विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४०.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा सिकन्दर राजा ५४ बलमा ६ चौका र ८ छक्कासहित १ सय २ रनमा अविजित रहे । उनी जिम्बावेबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।
आइतबार सन विलियम्सले नेपालविरुद्ध प्रहार गरेको ७० बलको कीर्तिमान राजाले तोडेका हुन् । उनको यो ओडिआई करिअरको छैटौं शतक हो । पाँचौं विकेटका लागि राजा र रायन बर्लले ४० बलमा ७३ रनको अविजित साझेदारी गरेका थिए । बर्ल १६ रनमा नट आउट रहे ।
जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सन ५८ बलमा १० चौका र २ छक्कासहित ९१ रनमा आउट भए । बास डि लिडेको बलमा तेजा निडामानुरुबाट क्याच भएपछि लगातार दोस्रो शतक बनाउन चुकेका थिए । ओपनर तथा कप्तान क्रेग विलियम्स ४८ बलमा ९ चौकासहित ५० रनमा आउट भए । जोयलोर्ड गुम्बी ५५ बलमा ५ चौकासहित ४० रनमा आउट भए ।
नेदरल्यान्ड्सका शरिज अहमदले ६ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । बास डि लिडे र विक्रमजित सिंहले एक एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो ।
तर बलिङ नचल्ला विशाल योगफल बनाएपनि सहजै पराजित हुन पुगेको थियो । नेदरल्यान्ड्सका ओपनर विक्रमजित सिंहले १ सय ११ बलमा ९ चौकासहित सर्वाधिक सर्वाधिक ८८ बनाउँदै आउट भए । त्यस्तै कप्तान स्कट एड्वार्ड्सले ७२ बलमा ८ चौकासहित ८३ रन बनाएका थिए ।
नेदरल्यान्ड्सलाई ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले २०।२ ओभरमा १ सय २० रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । म्याक्स ओडाउड ६७ बलमा १० चौकासहित ५९ रनमा आउट भए । सकिब जुल्फिकर ३१ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । जिम्बावेका सिकन्दर राजाले १० ओभरमा ५५ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थए ।
जिम्बावेले पहिलो खेलमा नेपाललाई ८ विकेटले हराएको थियो । जिम्बाबे २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जिम्बावे बाँकी दुई खेल मध्य एकमा विजयी हुँदा सुपर सिक्समा पुग्नेछ । जिम्बावेले शनिबार वेस्टइन्डिज र सोमबार अमेरिकासँग खेल्नेछ । वेस्टइन्डिज १ खेलमा २ अंकका साथ दोस्रो स्थानमाछ । नेपाल २ खेलमा १ मा जित र १ मा हारका साथ २ अंकका साथ तेस्रो स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]