2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपालको सुपर सिक्स सम्भावना उच्च बनेको छ । नेपालले मंगलबार अमेरिकालाई ६ विकेटले पराजित गरेसँगै सुपर सिक्समा पुग्ने सम्भावना उच्च बनेको हो ।

समूह ए मा जिम्बावे, वेस्टइन्डिज, अमेरिका, नेपाल र नेदरल्यान्ड्स छन् । जिम्बावे सुरुवाती दुई खेलमा जितका साथ सुपरसिक्स लगभग पक्कापक्की गरेको छ । वेस्टइन्डिज पहिलो खेलमा जितका साथ दोस्रो स्थानमा छ । नेपाल दुई खेलमा समान एक खेलमा हार र एक खेलमा जितका साथ तेस्रो स्थानमा छ । अमेरिका र नेदरल्यान्ड्स भने जित विहीन छन् ।
नेपालले विहीबार वेस्टइन्डिज र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले नेदरल्यान्ड्सलाई हराउँदा सुपर सिक्समा पुग्ने उच्च सम्भावना देखिन्छ । नेपालले नेदरल्यान्ड्सलाई हराउँदा ४ अंक हुनेछ । अमेरिकाले बिहीबार नेदरल्यान्ड्स र सोमबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।
नेदरल्यान्ड्सले बिहीबार अमेरिका, शनिबार नेपाल र सोमबार वेस्टइन्डिजसँग खेल्नेछ । नेदरल्यान्ड्सले वेस्टइन्डिज र अमेरिकाले जिम्बावेसँग खेल्न बाँकी हुँदा ४ अंकमा पुग्ने सम्भावना निकै कम देखिन्छ । त्यसैको कारण नेपालको सुपर सिक्स सम्भावना उच्च देखिन्छ ।
यदि समान ४ अंक भएको खण्डमा पनि नेपाल नेटरनरेटमामाथि रहने देखिन्छ । नेपालको नेटरनरेट प्लस ०.०९९ छ । अमेरिकाको माइनस ०.८१२ र नेदरल्यान्ड्सको माइनस १.५१२ छ । उक्त नेटरनरेट पूरा गर्न विशाल जित हात पार्नुपर्छ । जसले गर्दा पनि नेपालको सम्भावना उच्च देखिन्छ ।
यदि नेपाल वेस्टइन्डिजसँग पराजित हुदै सुपर सिक्समा पुगेको खण्डमा विश्वकप खेल्ने सपना भने लगभग समाप्त जस्तै हुनेछ । आफ्नो समूहबाट गएका दुई टोलीको नतिजा सुपर सिक्समा गणना गरिनेछ । नेपालले जिम्बावे र वेस्टइन्डिज दुबैसँग हार्दा सुपर सिक्समा कुनै अंक हुनेछैन । समूह ए र बी मा शीर्ष स्थानमा रहने टोली सुपर सिक्समा चार चार अंकका साथ जाने सम्भावना छ । चार चार अंक हुने टोलीको नै विश्वकप खेल्ने सम्भावना उच्च हुनेछ ।
समूह बी मा सुरुवाती दुबै खेलमा जितका साथ ओमान शीर्ष स्थानमा छ । श्रीलंका २ अंकका साथ दोस्रो स्थानमा छन् । स्कटल्यान्ड तेस्रो स्थानमा छ । सुरुवातै दुबै खेल हारेका आयरल्यान्ड र युएईको भने सुपर सिक्स सम्भावना न्यून देखिन्छ । सुपर सिक्समा अर्को समूहबाट आउने टोलीबाट प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]