default_image

2 years ago

June 21, 2023

अली खानको प्रतिबन्ध सकियो, अमेरिकाको सुपर सिक्स सम्भावना न्यून

540 views

0 Bookmark

एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको प्रतिबन्ध सकिएको छ । मंगलबार नेपालसँगको खेलपछि उनको प्रतिबन्ध सकिएको हो ।

दुई महिना महिना नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो ।

खेलमा अनुशासन उलंघन गर्दै जर्सीका खेलाडीसँग झगडा गरेपछि उनलाई कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । त्योसँगै उनीसँग २४ महिना भित्रमा ४ डीमेरिट प्वाइन्ट भएपछि दुई खेलमा प्रतिबन्ध लागेको थियो ।

उक्त प्रतिबन्धपछि अली खानले विश्वकप छनोटमा नेपाल र वेस्टइन्डिजसँगको दुई खेल गुमाउनु परेको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ र नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

उता अमेरिकाको समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना पनि न्यून बाँकी छ । सुरुवाती दुई खेलमा हारपछि बाँकी दुबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । अमेरिकाले बिहीबार नेदरल्यान्ड्स र सोमबार जिम्बावेसँग खेल्नुपर्ने हुन्छ । त्यतिले मात्रै अमेरिका सुपर सिक्समा पुग्न सक्दैन । नेपाल र नेदरल्यान्ड्सको नतिजामा पनि पर्नुपर्ने हुन्छ । नेपाल बाँकी दुई मध्य एक खेल जितेको खण्डमा पनि ४ अंकमा पुग्नेछ ।

नेपालले विहीबार वेस्टइन्डिज र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल बाँकी दुबै खेलमा पराजित भएमा मात्रै अमेरिका ४ अंकका साथ सुपर सिक्समा पुग्न सक्छ । तर अमेरिकाले टेस्ट टोली जिम्बावेसँग खेल्न नै बाँकी छ । नेदरल्यान्ड्सलाई हराउन सहज हुनेछैन । त्यसैको कारण सुरुवाती दुई हारले सुपर सिक्स अमेरिकाको निकै कठिन बनेको छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.