2 years ago
June 21, 2023
एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको प्रतिबन्ध सकिएको छ । मंगलबार नेपालसँगको खेलपछि उनको प्रतिबन्ध सकिएको हो ।

दुई महिना महिना नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो ।
खेलमा अनुशासन उलंघन गर्दै जर्सीका खेलाडीसँग झगडा गरेपछि उनलाई कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । त्योसँगै उनीसँग २४ महिना भित्रमा ४ डीमेरिट प्वाइन्ट भएपछि दुई खेलमा प्रतिबन्ध लागेको थियो ।
उक्त प्रतिबन्धपछि अली खानले विश्वकप छनोटमा नेपाल र वेस्टइन्डिजसँगको दुई खेल गुमाउनु परेको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ र नेपालसँग ६ विकेटले पराजित भएको थियो ।
उता अमेरिकाको समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना पनि न्यून बाँकी छ । सुरुवाती दुई खेलमा हारपछि बाँकी दुबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । अमेरिकाले बिहीबार नेदरल्यान्ड्स र सोमबार जिम्बावेसँग खेल्नुपर्ने हुन्छ । त्यतिले मात्रै अमेरिका सुपर सिक्समा पुग्न सक्दैन । नेपाल र नेदरल्यान्ड्सको नतिजामा पनि पर्नुपर्ने हुन्छ । नेपाल बाँकी दुई मध्य एक खेल जितेको खण्डमा पनि ४ अंकमा पुग्नेछ ।
नेपालले विहीबार वेस्टइन्डिज र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाल बाँकी दुबै खेलमा पराजित भएमा मात्रै अमेरिका ४ अंकका साथ सुपर सिक्समा पुग्न सक्छ । तर अमेरिकाले टेस्ट टोली जिम्बावेसँग खेल्न नै बाँकी छ । नेदरल्यान्ड्सलाई हराउन सहज हुनेछैन । त्यसैको कारण सुरुवाती दुई हारले सुपर सिक्स अमेरिकाको निकै कठिन बनेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]