2 years ago
June 21, 2023
एजेन्सी – युवा अलराउन्डर कर्टिस क्याम्फरको सानदार शतकमा आयरल्यान्डले आइसिसी विश्वकप छनोटमा स्कटल्यान्डलाई २ सय ८७ रनको बलियो लक्ष्य दिएको छ ।

क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । आयरल्यान्डका कर्टिस क्याम्फरले १ सय ८ बलमा ९ चौका र ४ छक्कासहित १ सय २० रनको एक यादगार शतकीय इनिङ खेले ।
यो उनको ओडिआई क्रिकेट करिअरको पहिलो शतक हो । यो उनको अन्तर्राष्ट्रिय स्तरको उच्च प्रदर्शन हो । टेस्ट टोली आयरल्यान्डको सुरुवात भने सम्झन लायक थिएन । तीव्र गतिका बलर ब्रेन्डन म्याकमुलेनको इनिङको दोस्रो बलमै पल स्टर्लिङ एज लागेर स्लिपमा मार्क वाटबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा कप्तान एन्डी बालबर्नी डक आउट भएपछि आयरल्यान्ड दबाबमा परेको थियो ।
म्याकमुलेनले ह्यारी टेक्टरलाई ६ रनरमा जर्ज मुन्शेबाट क्याच गराए । स्पिनर मार्क वाटले लोर्कान टकरलाई ६ रनमा मुन्शेबाट क्याच गराएपछि आयरल्यान्ड ८.२ ओभरमा ३३-४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि क्याम्फर र एन्डी म्याकबर्नी ३७रनको साझेदारी गरेका थिए । म्याकबर्नी ५४ बलमा ४ चौकासहित ३२ रनमा आउट भए ।
त्यो समय आयरल्यान्ड १८.२ ओभरमा ७०(५ को अवस्थामा थियो । तर छैटौं विकेटका लागि क्याम्फर र जर्ज डोकरेलले १ सय ३६ रनको शतकीय साझेदारी गरेपछि आयरल्यान्ड खेलमा फर्किएको थियो । डोकरेल ९३ बलमा ४ चौका र १ छक्कासहित ६९ रनमा म्याकमुलेनको बलमै बोल्ड आउट भए । ग्यारेथ डेलानी १४ बलमा १ छक्कासहित १९ रनमा आउट भए ।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ७ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस सोले, मार्क वाट र क्रिस म्याकब्रीडेले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]