default_image

2 years ago

June 21, 2023

नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दै

470 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक आइसिसी विश्वकप विजेता टोली वेस्टइन्डिजसँग खेल्दैछ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग बिहीबार खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले पहिलो पटक आफ्नो क्रिकेट इतिहासमा कुनैपनि विश्वकप विजेता टोलीसँग खेल्नेछ । वेस्टइन्डिज नेपालले प्रतिस्पर्धा गर्ने इतिहासकै सबैभन्दा ठूलो स्तरको टोली समेत हो । आइसिसीले टि२० र एकदिवसीय गरि दुई विश्वकप प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा हालसम्म टि२० विश्वकप वेस्टइन्डिज, इंग्ल्यान्ड, भारत, श्रीलंका, अष्ट्रेलिया र पाकिस्तानले जित्न सफल भएका छन् ।

एकदिवसीय विश्वकप वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले जितेका छन् । यी विश्वकप विजेता मध्य वेस्टइन्डिजसँग नेपालले खेल्न लागेको हो । अन्य टोलीसँग हालसम्म खेलेको छैन । आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्दैछ । वेस्टइन्डिजले विश्वकप सन् १९७५ र १९७९ मा जितेको थियो । टि२० विश्वकप भने वेस्टइन्डिजले २०१२ र २०१६ मा जितेको थियो ।

नेपालले आइतबार ओडिआईमा पहिलो पटक टेस्ट टोली जिम्बावेसँग खेलेको थियो । नेपालले टि२० आईमा भने आयरल्यान्ड, बंगलादेश र जिम्बावेसँग खेलि सकेको छ । अफगानिस्तानसँग पनि टि२० आई खेलेको छ । तर अफगानिस्तान टेस्ट टोली बन्नुअघिनै खेलेको थियो ।

आइसिसी विश्व ओडिआई वरियतामा वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा छन् । त्यस्तै टि२० आई वरियतामा नेपाल १७ औं र वेस्टइन्डिज ७ औं स्थानमा छन् । वेस्टइन्डिजको कप्तानी शाई होप र नेपालको रोहित पौडेलले गर्नेछन् ।

वेस्टइन्डिजमा वर्तमान समयका टि२० विशेष खेलाडी निकोलस पुरन, रोभम्यान पावेल, कायल मेयर्स र ब्रेन्डन किंग जस्ता खेलाडी छन् । त्यस्तै विश्वस्तरिय अलराउन्डर जेसन होल्डर र तीव्र गतिका बलर अल्जारी जोशेफ पनि छन् ।

यता नेपालका स्पिनर सन्दीप लामिछानेबाट नेपालले धेरै अपेक्षा गर्नेछ । उनी सुरुवाती दुई खेलमा जिम्बावे र अमेरिकाविरुद्ध विकेट विहीन बनेका थिए । कुशल भुर्तेल, करण केसी र रोहित पौडेलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.