default_image

2 years ago

June 21, 2023

वेस्ट इन्डिजलाई हराउन नेपालले फाइदा उठाउनु पर्ने पाँच कमजोरी

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा बिहीबार वेस्टइन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्दैछ । विष्फोटक ब्याटरको बाहुल्यता भएको वेस्टइन्डिजविरुद्ध एसोसिएट क्रिकेटमा सानदार प्रर्दशन गर्दै आएको नेपालको प्रदर्शन प्रतीक्षामा छ । ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा माथिल्लो स्तरको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । क्रिकेटमा कुनैपनि भर हुँदैन । कागजी रुपमा वेस्टइन्डिज नेपाल भन्दा धेरै बलियो टोली हो । तर बलियो भएर मात्रै हुँदैन । जति सुकै बलियो टोली र स्टार खेलाडीले जितको लागि मैदानमा राम्रो प्रदर्शन गर्नुपर्छ ।

उच्च मनोबलमा रहेको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्ने सोचमा हुनेछ । जिम्बावेविरुद्ध पहिलो खेलको प्रदर्शनले नेपालको मनोबल झनै उच्च छ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई हराउन नेपालले त्यसको कमजोरीको भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ ।

विश्वकप खेल्ने सम्भावना बलियो नेपालले वेस्टइन्डिजलाई हराउँनै पर्ने हुन्छ । अन्यथा सुपर सिक्समा पुगेपनि विश्वकप यात्रा कठिन बन्नेछ । नेपालले विश्वकप विजेता वेस्टइन्डिजलाई हराउन यी पाँच कमजोरीको फाइदा उठाउनुपर्ने हुन्छ ।

५.नेपाललाई भन्दा वेस्टइन्डिजलाई बढी मानसिक दबाब हुनु

नेपाल वेस्टइन्डिजविरुद्ध कुनैपनि मानसिक दबाब बिना मैदान उत्रर्नेछ । नेपालको हार स्तर अनुसार स्वभाविक हो । तर वेस्टइन्डिज हारको कल्पना गर्न चाहदैन । नेपाल नतिजा भन्दा आफ्नो उत्कृष्ट खेल विश्व क्रिकेटलाई देखाउने सोचमा हुनेछ ।

तर समान दुई पटकको एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिजलाई भने मानसिक दबाब त्यतिनै हुनेछ । ठूलो योगफलको धुनमा कम योगफलमै समेटिन सक्छ । सुपर सिक्समा आफ्नो समूहबाट जाने टालीको नतिजा समूह चरणको गणना हुनेछ । त्यसैले वेस्टइन्डिज सकेसम्म अपराजित यात्राका साथ ४ अंक सुपर सिक्समा लैजान चाहन्छ ।

त्यो मानसिक दबाबले प्रदर्शनमा असर पर्नसक्छ । अर्कोतर्फ वेस्टइन्डिजको फिल्डिङ कमजोरीको रुपमा छ । निकोलस पुरन र अकिल हुसैन बाहेक अन्य फिल्डरमा यो समस्याको रुपमा छ । कमजोर फिल्डिङ वेस्टइन्डिजलाई भारी पर्नसक्छ ।

४. कमजोर बलिङ र अलराउन्डरमा निर्भर

बलिङ आक्रामण वेस्टइन्डिजको अर्को समस्या हो । भारत, पाकिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया र इंग्ल्यान्डमा जस्तो उत्कृष्ट बलिङ आक्रामण वेस्टइन्डिजमा छैन । त्यसैले ठूला टोलीविरुद्ध लगातार कमजोर प्रदर्शन गर्दै आएको छ ।

अल्जारी जोशेफ वेस्टइन्डिजका प्रमुख बलर हुन् । जोशेफले राम्रो बलिङ नगर्दा उनलाई साथ दिने अर्को बलर छैनन् । जोशेफलाई प्रमुख बलरको रुपमा किमो पल वा रोमारियो शेफर्ड मध्य एकले साथ दिनेछन् ।

वेस्टइन्डिजको बलिङ आक्रामण अलराउन्डर कायल मेयर्स, जेसन होलडर र रोश्टन चेशले साथ दिनेछन् । स्पिनरमा अकिल हुसैन र यानिक कारिहा हुनेछन् । तुलनात्मक रुपमा वेस्टइन्डिजको बलिङ कमजोर छ । डेथ ओभरमा जोशेफ र जेसन होल्डरमा निर्भर छ । त्यसैले नेपालले त्यसको फाइदा उठाउन सक्नुपर्छ ।

३. जोशेफलाई साथ दिने अर्को राम्रो बलर नहुनु

सधैं एकै बलरले राम्रो प्रदर्शन गर्छ भन्ने हुँदैन । कहिले काहीँ स्टार खेलाडीको दिन नहुन सक्छ । खराब प्रदर्शन गर्नसक्छ । त्यो अवस्थामा अर्को खेलाडीले टोलीलाई योगदान दिनुपर्छ । जोशेफ वर्तमान वेस्टइन्डिज टोलीका प्रमुख बलर हुन् ।

उनी योर्कर र बाउन्सरको लागि चिनिन्छन् । जोशेफको मुख्य हतियार गति हो । उनले १ सय ५१ प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्ने क्षमता राख्छन् । आइपिएलमा २०१९ मा मुम्बईबाट हैदराबादविरुद्ध डेब्यूमै ६ विकेट लिएका जोशेफ नेपाली ब्याटरलाई निरिह पार्न सक्छन् ।

१ सय ४० माथिको गतिमा नखेलेको नेपाली ब्याटरलाई केहि समस्या पर्न सक्छ । तर जोशेफ नचलेको खण्डमा उनलाई साथ दिने अर्को विश्वस्तरिय बलर छैनन् । अन्य सबै औसत बलर छन् । नेपालले जोशेफको बलमा संयमित हुँदै अन्यको रन जोड्न सके वेस्टइन्डिजलाई हराउन सक्छ ।

२. टि२० शैलीका खेलाडीको बाहुल्यता

वेस्टइन्डिजको टोलीमा टि२० विशेष खेलाडीको बाहुल्यता छ । कप्तान शाई होपलाई छाड्ने हो भने अन्य सबै टि२० विशेष ब्याटर हुन् । होप वेस्टइन्डिजका ओडिआईका भरपर्दा ब्याटर हुन् । उनले होपले १ सय ९ ओडिआई खेलमा १४ शतक र २२ अर्धशतकसहित कुल ४ हजार ५ सय ४२ रन बनाएका छन् । तर होप बाहेक अन्य खेलाडी सबै टि२० विशेष छन् ।

सबै आक्रामक रुपमा खेल्न खोज्छन् । आक्रामक ब्याटिङ गर्दा विकेट जाने जोखिम पनि त्यतिनै बढी हुन्छ । निकोलस पुरन, कायल मेयर्स, ब्रेन्डन किंग, जोनसन चाल्र्स र रोभम्यान पावेल जस्ता टि२० विश्व चर्चित ब्याटर छन् ।

यी सबै ब्याटर ठूला सट खेल्न रुचाउँछन् । कुनैपनि खेलाडीको शक्ति नै कमजोरी बन्नसक्छ । त्यसैले नेपाली बलरले सकभर उनीहरुलाई खुलेर खेल्ने अवसर दिनु हुँदैन । त्यो दबाबमा विकेट आउन सक्छ । अन्यथा भने वेस्टइन्डिजले खेलमा रनको पहाड बनाउन सक्छ ।

१.जिम्मेवारीको कमी

वर्तमान वेस्टइन्डिज टोलीको सबैभन्दा ठूलो समस्या नै जिम्मेवारीको कमी हो । ओडिआईमा शाई होपलाई छाड्ने हो भने अन्य खेलाडीले जिम्मेवारी रुपमा ठूलो इनिङ खेल्न सकेका छैनन् ।

टोलीमा स्टार खेलाडी भएपनि जिम्मेवारी नहुँदा टि२० आईमा वेस्टइन्डिजले खराब प्रदर्शन गर्दै आएको छ । खेलाडीको क्षमतामा कुनै कमी छैन ।

यदि वेस्टइन्डिजले आफ्नो क्षमता अनुसार खेल्ने हो भने एसोसिएट टोलीविरुद्ध सजिलै रनको वर्षा गराउन सक्छ । तर विश्वभर टि२० फ्रेन्चाइज लिग खेल्दै आएका स्टार खेलाडीमा जिम्मेवारी नहुँदा खराब प्रदर्शन गर्दै आएको छ ।

February 12, 2025

स्मिथको कप्तानीमा अस्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]

February 12, 2025

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]

February 11, 2025

वेष्टर्नलाई रुपन्देही सुपर लिगको उपाधि

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]

Success

Thank you for your time.