default_image

2 years ago

June 21, 2023

लिस्क हिरो बन्दा स्कटल्यान्डको रोमान्चक जित

257 views

0 Bookmark

एजेन्सी – तल्लोक्रमका ब्याटर माइकल लिस्क हिरो बनेपछि स्कटल्यान्डले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा माइकल लिस्क ६१ बलमा ८ चौका र ४ छक्कासहित ८९ रनमा नट आउट रहे ।

स्कटल्यान्डलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । मार्क आदिरको बलमा लिस्कले प्रहार गरेको सट लङअनमा ह्यारी टेक्टरले सहज क्याच छाड्दै चौका गराएका थिए । दोस्रो बलमा लिस्कले एक रन दिए । तेस्रो बलमा शफ्यान शरिफ एज लागेर ६ रनमा क्याच आउट भए ।

चौथो बलमा क्रिस सोलेलाई डट राखेपछि अन्तिम दुई बलमा तीन रन चाहिँएको थियो । सोलेले पाँचौं बलमा बाउन्सर बलमा लेग वाइको रुपमा स्ट्राइक दिएका थिए । अन्तिम बलमा एज लागेर चौका गएपछि पराजित भएको थियो ।

स्कटल्यान्डलाई जितको लागि अन्तिम २४ बलमा ४४ रन चाहिँदा लिस्कले ४७ औं ओभरमा जोश लिटिललाई समान लगातार दुई छक्का र चौकासहित कुल २२ रन जोडेपछि आयरल्यान्डको जितको सम्भावना टाढिएको थियो ।

स्कटल्यान्डलाई जिताउन लिस्कले आठौं विकेटका लागि मार्क वाटसँग ८२ रनको साझेदारी गरेका थिए । मार्क वाट ४३ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । नवौं विकेटका लागि उनले शरिफसँग ५० रनको साझेदारी गरेका थिए ।

ओपनर क्रिस म्याकब्रीड ६० बलमा ६ चौका र १ छक्कासहित ५६, जर्ज मुन्शे १५ र रिची बेरिंग्टनले १० रनमा आउट भए ।
आयरल्यान्डका तीव्र गतिका बलर मार्क आदिरले १० ओभरमा १ मेडनसहित ५७ रन खर्चेर ३ विकेट लिए ।

जोश लिटिलले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए । जर्ज डोकरेल दुई, कर्टिस क्याम्फर र बेन ह्वाइटले समान एक एक विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । आयरल्यान्डका कर्टिस क्याम्फरले १ सय ८ बलमा ९ चौका र ४ छक्कासहित १ सय २० रनको एक यादगार शतकीय इनिङ खेलेपनि जिताउन सकेनन् । उनी बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो गर्न सकेनन् ।

टेस्ट टोली आयरल्यान्डको सुरुवात भने सम्झन लायक थिएन । तीव्र गतिका बलर ब्रेन्डन म्याकमुलेनको इनिङको दोस्रो बलमै पल स्टर्लिङ एज लागेर स्लिपमा मार्क वाटबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा कप्तान एन्डी बालबर्नी डक आउट भएपछि आयरल्यान्ड दबाबमा परेको थियो ।

म्याकमुलेनले ह्यारी टेक्टरलाई ६ रनरमा जर्ज मुन्शेबाट क्याच गराए । स्पिनर मार्क वाटले लोर्कान टकरलाई ६ रनमा मुन्शेबाट क्याच गराएपछि आयरल्यान्ड ८.२ ओभरमा ३३-४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि क्याम्फर र एन्डी म्याकबर्नी ३७रनको साझेदारी गरेका थिए । म्याकबर्नी ५४ बलमा ४ चौकासहित ३२ रनमा आउट भए ।

त्यो समय आयरल्यान्ड १८.२ ओभरमा ७०९५ को अवस्थामा थियो । तर छैटौं विकेटका लागि क्याम्फर र जर्ज डोकरेलले १ सय ३६ रनको शतकीय साझेदारी गरेपछि आयरल्यान्ड खेलमा फर्किएको थियो ।

डोकरेल ९३ बलमा ४ चौका र १ छक्कासहित ६९ रनमा म्याकमुलेनको बलमै बोल्ड आउट भए । ग्यारेथ डेलानी १४ बलमा १ छक्कासहित १९ रनमा आउट भए । स्कटल्यान्डको जितमा ब्रेन्डन म्याकमुलेनले ७ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस सोले, मार्क वाट र क्रिस म्याकब्रीडेले एक एक विकेट लिए ।

स्कटल्यान्डले शुक्रबार युएई, आइतबार ओमान र मंगलबार श्रीलंकासँग खेल्नेछ । आयरल्यान्ड पहिलो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो । आयरल्यान्डले अव आइतबार श्रीलंका र मंगलबार युएईसँग खेल्नेछ । आयरल्यान्डले बाँकी दुबै खेल जित्नु पर्नेहुन्छ । ओमानले कम्तिमा एक खेल हार्नुपर्ने हुन्छ ।

समूह बी मा ओमान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका र स्कटल्यान्ड समान २ अंकका साथ दोस्रो स्थान र तेस्रो स्थानमा छ । आयरल्यान्ड चौथो र युएई पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.