2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध खेल्दा टिभीमा हेरेको टोलीसँग खेल्न लागेको बताएका छन् ।

खेलको टसका क्रममा वेस्टइन्डिजकै पूर्व खेलाडी स्यामुएल बद्रीसँग बोल्दै उनले आफ्नो अनुभव साटे । ‘सानोमा वेस्टइन्डिजलाई टिभीमा हेरेका थियौं । आज उनीहरुसँग खेल्दैछौं,’ रोहितले भने । नेपालले खेलमा टस जितेर पहिलो फिल्डीङ रोजेको हो । वेस्टइन्डिजका कप्तान शाई होपले पनि आफूले टस जितेको भए सोहि निर्णय लिने सोचेको बताएका थिए ।
नेपालका प्रशिक्षक मोन्टी देशाइले यसअघि तीन वर्ष वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । यसले केहि फाइदा हुन्छ भन्ने बद्रीको प्रश्नमा रोहितले भने, ‘प्रशिक्षकले वेस्टइन्डिजमा काम गरेको अनुभवले नै केहि योजना बनाउनुभएको छ । अब त्यो योजनालाई मैदानमा उतार्ने हाम्रो प्रयास रहनेछ,’ उनले भने ।
यता वेस्टइन्डिजका कप्तान होपले ठूलो स्कोर बनाउने लक्ष्य भएपनि सबै बल बाउन्ड्री प्रहार गर्ने भन्ने सोच नरहेको बताए । उनले यो मैदान पछिल्लो खेलभन्दा फरक भएकाले नयाँ सुरुवात आवश्यक रहेको पनि बताए ।
नेपालले आजको खेलका लागि टोलीमा कुनै परिवर्तन गरेको छैन । आजको खेलमा जित हासिल गरे नेपाल सुपर सिक्स पुग्ने लगभग पक्का हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]