2 years ago
June 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध शतक हानेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको छ ।

निकोलस पुरन ८१ बलमा ९ चौका र ४ छक्कासहित १ सय रनमा नट आउट छन् । हाई होप १ सय ८ बलमा ७ चौका र २ छक्कासहित १ सय २ रनमा खेलेका छन् ।
पुरनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध १ सय १८ रनको शतकीय इनिङ खेलेपछि पहिलो पटक शतक हानेका हुन् ।
होपको यो ओडिआई करिअको १५ औं शतक हो । होपले १ सय ७ र पूरनले ८१ बलमा शतक पूरा गरेका थिए । चौथो विकेटका लागि पुरन र होपले १ सय ८६ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल तर्फ अघि बढाएका छन् ।
नेपालले वेस्ट इन्डिजका प्रमुख ब्याटर निकोलस पुरनलाई ब्यक्तिगत तीन र ५४ रनमा जीवनदान दिँदै ठूलो गल्ती गरेको थियो । रनमै जीवनदान दिएको थियो । त्यसपछि वेस्ट इन्डिजले खेलमा राम्रो पूनरागमन गरेको छ ।
स्पिनर ललित नारायण राजवंशीको १७ औं ओभरको अन्तिम बलमा पुरनको एज लागेको बल विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए ।
पुरनले ब्यक्तिगत ५४ रनमा जीवनदान पाएका थिए । करणको ३४ औं ओभरको चौथो बलमा एज लागेको बल आसिफ शेखले पुन छाड्न पुगेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]